
अभिनेता सारुक ताम्राकार मृत फेला
काठमाडौं । अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन् । उनी काठमाडौं रातोपुलस्थित घरमा मृत फेला परेका हुन् ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले दिएको जानकारी अनुसार ताम्राकार हिजो (बिहीबार) राति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको थिए ।
उनको मृत्युबारे हालसम्म कुनै कारण नखुलेको रिजालले बताए । घटनास्थलको मुचुल्कापछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पुर्याइएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले जनाए ।
उनले फिल्म ‘रानी’बाट अभिनय करिअर थालेका थिए । ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डन’मा अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा ब्यस्त थिए ।
यो फिल्मको अहिले ४५ प्रतिशत मात्र छायांकन सकिएको छ । सारुक पाका अभिनेता सानु ताम्राकारका छोरा हुन् । पिताको लिगेसी पछ्याउँदै उनी फिल्म अभिनयमा आइपुगेका थिए ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१९ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



