
वडाअध्यक्षले गरे महिलामाथि हातपात
उदयपुर, २३ असार । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का अध्यक्ष प्रकाश राउतले शुक्रबार मध्याह्न स्थानीय एक महिलामाथि दुर्व्यवहार गरेका छन् । वर्षाको समयमा अवैधरुपमा ढुंगागिट्टी उत्खनन् भइरहेको सूचना पाएपछि रोक्न पुगेकी सुनिता श्रेष्ठलाई राउतले दुर्व्यवहार गरेका हुन् । वडाध्यले महिलामाथि हातपात गरेको आरोप लागेको छ ।
स्थानीय छिडि खोलामा वडाध्यक्ष राउतको समेत संलग्नतामा गिट्टी उत्खनन गरेको पाएपछि रोक्न जाँदा हातपात र दुर्व्यवहार गरेको पीडित श्रेष्ठले बताइन् । वर्षाको समयमा खोलानालामा उत्खनन् गर्नु गैरकानुनी भएको बताउँदै उनले सामुदायिक वन क्षेत्रभित्रबाट गिट्टी निकाल्न मिल्दैन भन्दा हातपात भएको गुनासो गरिन् ।
चौदण्डीगढी नगरपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष रातउले भने आफूले महिलालाई कुटपिट र दुर्व्यवहार नगरेको दाबी गरेका छन् । वडामा सडक निर्माण चलिरहेकाले गिट्टी निकाल्ने क्रममा सामान्य विवाद भएको उनको दाबी छ ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२० घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



