नारायणगढ–मुग्लिन सडक फेरि अवरूद्ध

काठमाडौं २४ असार । नारायणगढ–मुग्लिन सडक फेरि अवरूद्ध भएको छ।
शनिबार अपराह्न इच्छाकामना गाउँपालिका( ६ कालीखोलामा सुख्खा पहिरो खसेर अवरूद्ध भएको सडक राति करिब १ बजे दुईतर्फी नै सञ्चालनमा आएको थियो।
तर, बिहान पौने ५ बजे इच्छाकामना गाउँपालिका(५ तीन नम्बर पुलमा पहिरो खसेपछि सडक पुन अवरूद्ध भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी वरिष्ट नायब निरीक्षक सुरेन्द्र विष्टकाअनुसार ९ घन्टापछि खुलेको सडक पहिरोका कारण पुनः अवरूद्ध भएकोछ।
तीन नम्बर पुलमा पहिरो जाँदा सडक एकतर्फी मात्रै सञ्चालन भइरहेको विष्टले जानकारी दिए।

अहिले स्काभेटर प्रयोग गरी अवरूद्ध सडक खुलाउने काम भइरहेको उनले बताए।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२१ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares