
प्रहरीमा पिएसओ आतंक सरुवा–बढुवामा अत्याधिक चलखेल
काठमाडौं । नेपाल प्रहरीभित्र पिएसओको आतंक रहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले नै खुलासा गरेका छन् । सरुवा–बढुवामा उनीहरुले अत्याधिक चलखेल गर्दै आएका छन् । हाल ३७ इन्सपेक्टर पदमा पनि पिएसओहरुकै चलखेलका कारण रोकिएको छ । ३७ पदमा २६ जना पिएसओले बढुवाका लागि गृहमन्त्रीलाई दबाब दिएका छन् । गत शुक्रबार पत्रकारहसँगको अनौपचारिक कुराकानीमा मन्त्री श्रेष्ठले यस्तो दबाबको खुलासा गरेका हुन् । तर, दबाब दिँदैमा उनीहरुलाई बढुवा नगर्ने गृहमन्त्रीको अडान छ ।
प्रहरीको सरुवा–बढुवामा सधैं पिएसओ बसेकाहरु हावी हुँदै आएका छन् । अझ धेरै सईहरु मन्त्री र न्यायधीशको पिएसओ बस्ने भएकाले त्यही आधारमा उनीहरु सिनियरलाई उछिनेर बढुवा हुने र बढुवा लगत्तै कमाण्डमा जाने गरेका छन् । उनीहरुका कारण संगठनका लागि ज्यान दिने जुनियर अधिकृतमाथि अन्याय हुँदै आएको छ । यसपटकको बढुवा गृहमन्त्री र आइजिपीको लागि परीक्षाको विषय छ ।
उता प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले गत शुक्रबार पत्रकार सम्मेलनमा राजनीतिक नेतृत्वको सहयोग रहेकाले प्रहरी रुपान्तरणका लागि उपयुक्त समय भएको बताएपनि राजनीतिक हस्तक्षेपकै कारण नियमित सरुवा अघि बढ्न सकेको छैन । एसपी, डिएसपी र इन्सपेक्टरको नियमित सरुवा अत्याधिक चलखेलकै कारण रोकिएको छ । यही महिनाभित्र सरुवा निकाल्ने प्रहरी नेतृत्वको तयारी छ । तल्लो तहको पनि नियमित सरुवा हुन सकेको छैन । सरुवाका लागि १८ हजार धेरै निवेदन आएको प्रहरी प्रधान कार्यालयले नै सार्वजनिक गरेको छ ।नवजनप्रहारबाट
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२२ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



