
मधुश्रावणी समापन गर्न एक महिना कुर्नुपर्ने
महोत्तरी । नवविवाहिता मिथिलानी (मिथिलाका नारी)ले मनाउने मधुश्रावणी पर्व समापनका लागि यसपालि एक महिना कुर्नुपर्ने भएको छ । साउन कृष्ण पञ्चमीदेखि साउन शुक्ल तृतीयासम्म १३ दिनको यो पर्वकै बीचमा अधिकमास (मलमास) सुरु हुने भएकाले समापन पनि एक महिना पछि धकेलिएको हो ।साउन कृष्ण पञ्चमीका दिन पर्व प्रारम्भ गरेका मिथिलानीले साउन कृष्णपक्ष समाप्तीसँगै अधिकमास सुरु हुने भएपछि समापन साउन शुक्लपक्ष लागेपछि तृतीयाका दिन गर्ने बताएका छन् । यसपालि साउन शुक्लपक्ष सुरु हुने दिन मै अधिकमास प्रारम्भ हुँदैछ । साउन २ गते सुरु हुने अधिकमास साउन ३१ गते सकिएपछि साउन शुक्लपक्ष सुरु हुन्छ । त्यसलगत्तै पर्ने साउन शुक्ल तृतीयाका दिन पर्व समापन गरिने भङ्गाहा–४ की भवती मिश्राले बताइन् । “पर्व त साउन कृष्ण पञ्चमीदेखि साउन शुक्ल तृतीयासम्म १३ दिनको हो तर यसपालि कृष्णपक्ष सकिनुलगत्तै मलमास लाग्नेभयो”, पर्व मनाइरहेकी उनले भिनन्, “मलमासमा व्रत (पर्व) समापन वर्जित हुने हुँदा समापनलाई एक महिना कुर्नुपर्ने भएको हो ।”
प्राचीन मिथिला क्षेत्रमा पछिल्लो एक वर्षभित्र विवाह भएका मिथिलानीले साउन कृष्ण पञ्चमीदेखि साउन शुक्ल तृतीयासम्म मधुश्रावणी पर्व मनाउँछन् । सुमधुर प्रणयसम्बन्ध दीगो हुने कामनासाथ गरिने यो पर्व पतिले दिने खर्चमा माइतीमा बसेर मनाउने चलन छ । “पर्व मनाउन माइत जानुपर्ने चलन छ तर त्यस अवधिको खानपिनका आवश्यक सामग्री, नयाँ लुगा र अन्य सबै शृङ्गारका साधन पतिले पु¥याई दिनपर्ने मान्यता छ”, जलेश्वर–२ की साधना बर्माले भनिन्, “सुमधुर प्रणय सम्बन्धको कामना गर्दै मनाइने यो पर्वमा शिव, पार्वती (गौरी) र ‘विषहरा’ (नागदेवता) को आराधना गरिन्छ ।”
वर्षायाम प्रगाढ प्रणय सम्बन्धलाई अपिल गर्ने मौसम मानिन्छ । वनमा रमाउने मयूर पनि यसै मौसममा प्रणय सम्बन्धमा लिन हुन्छन् ।
यस्तो बेला नवविवाहिता जोडीबीच रतिरागदेखि भावात्मकरूपमा एकाकार गराउनु पर्वको मुख्य पक्ष रहेको मिथिला संस्कृतिका जानकार बताउँछन् । त्यसैले यो पर्व नवविवाहिताका लागि अति महत्वको हुने गरेको छ । पहिले मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अब आपसी घुलमिलले साझा भइसकेको छ ।
यस पर्वमा शिव, पार्वती (मधुश्रावणी व्रत विधानमा पार्वतीलाई गौरी नाम दिइएको छ) र विषहराको पूजाआराधना गरेपछि बर्तालुलाई ज्येष्ठ महिलाले मधुश्रावणी कथा सुनाउँछन् । यिनमा पौराणिक गाथामा आधारित मैना पञ्चमी, विषहरी, बिहुला, मनसा, मङ्गला गौरी, पृथ्वीको जन्म, समुद्र मन्थन र सतीको कथा हुने गरेको भङ्गहा नगरपालिका–४ रामनगरकी सीमा कर्णले बताइन् ।रासस
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२२ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



