
समाचार प्रभाव : ‘हाउसमेड’मा कुवेत जान हिँडेका महिलासहित ११७ जना विमानस्थलबाट फर्काइए
काठमाडौं असार २८ । अध्यागमन विभागले श्रम स्वीकृति नै लिएर कुवेतका लागि बैदेशिक रोजगारीमा जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाट फर्काइदिएको छ । सोमबार कुवेत जानको लागि विमानस्थल पुगेका यात्रुहरू मध्ये आधाजसो महिला कामदार थिए । उनीहरुलाई ‘हाउसमेड’का रुपमा पठाउन खोजीएको थियो । श्रम स्वीकृती कामदारका रुपमा लिइएको र झोलामा ‘हाउसमेड’का रुपमा काम गर्ने कागजात भेटीएपछि भिसा नै शंकास्पद मान्दै उनीहरु सबैलाई विमानस्थलबाट फर्काइएको विभागका महानिर्देशक झलकराम अधिकारीले जानकारी दिए ।
‘मेनपावर र दलालको अवैद्य धन्दा : महिलालाई “हाउसमेड” भन्दै बच्चा जन्माइदिन पठाउने गरेको खुलासा !’ शिर्षकमा जनरक्षा डटकमले विस्तृत समाचार प्रकाशन गरेपछि अध्यागनमको ध्यान त्यतातर्फ केन्द्रीत भएको थियो ।
‘हाउसमेड’का रुपमा महिला कामदार पठाउन कार्यविधि केही झण्झटिलो र कामदारको सुरक्षाको जिम्मेवारी रोजगारदाताले लिनु पर्ने नियम भएकाले विदेशी एजेन्टको इशारामा नेपालका मेनपावरले यसरी कामदारका रुपमा पठाउने र काम भने अर्कै लगाउने गर्दै आएका थिए ।
अहिले आधा दर्जन मेनपावर कम्पनीबाट ‘हाउसमेड’का रुपमा पठाइएका कामदारलाई फर्काइएको भए पनि यस्तो धन्दामा अन्य थुप्रै मेनपावर कम्पनी संलग्न रहेको बताइन्छ । खासगरी मेनपावरको धन्दा गर्दै दलिय राजनीतिमा पनि संलग्न भएका आफूलाई पावरफूल सम्झने ‘मानवतस्कर’हरु यस्तो गैरधन्दामा सक्रियतापूर्वक लागिरहेका छन् । यसबारे सुक्ष्म अनुसन्धान गरी त्यस्ता धन्दामा संलग्न हुनेहरुको वास्तविक अनुहार बाहिर ल्याउनै पर्छ । यस्तो थियो गत जेठ २२ गते जनरक्षा डटकम मा प्रकाशित समाचार : काठमाडौं जेठ २२ ।खाडीका विभिन्न मुलुकमा ‘हाउसमेड’का रुपमा महिला कामदार पठाउन वैदेशिक रोजगार विभागले त्यसरी जाने कामदारको सुरक्षाका लागि विभिन्न शर्त तेस्र्याइदिएपछि यतीबेला नक्कली कागजातका आधारमा दिल्ली, मुम्बई र चेन्नाईबाट हाउसमेडका रुपमा महिला कामदार ‘सप्लाई’ गर्न थालिएको छ ।
स्रोतको त योसम्म दावी छ कि खाडीमा ‘हाउसमेड’का रुपमा पठाइने महिला कामदार मध्ये केही नि:सन्तान दम्पत्तिका लागि बच्चा जन्माइदिन मञ्जुर भएर जाने युवती पनि छन् । यसरी बच्चा जन्माइदिन जाने महिला कामदारले दुई वर्षसम्म हाउसमेडका रुपमा गए पनि घरलु कामदारकै भूमिका भने निर्वाह गर्नु पर्दैन । उनीहरुले घरमालिकलाई सन्तान दिएर फर्कनु पर्ने छ । त्यस्ता महिलाले यस्तो काम गरे वापत राम्रै आर्थिक लाभ पनि पाउने छन् । भविष्यमा बच्चा दावी गर्न वा अन्य कुनै कानूनी अधिकार खोज्न समेत खाडी मुलुकको कानूनअनुसार सजिलो नभएकाले रोजगारदाताले सुरक्षित र सजिलो उपाय मानेका छन् ।
नि:सन्तान दम्पत्तिले सेरोगेसी पद्धतीबाट बच्चा जन्माउन चाहाँदा विदेश र नेपालमै पनि ठूलो आर्थिक लगानी गर्नु पर्ने हुन्छ । त्यसमाथि पनि नेपालमा सेरोगेसी पद्धती अवैद्य छ र पनि ठूला अस्पतालले मोटो कमाईकै लागि गोप्य ढंगबाट सेरोगेसी पद्धती सञ्चालन गरिरहेकै हुन्छन् । यो जानकारी सम्वन्धित सबै पक्षलाई भए पनि तैँचुप मैचुपको अवस्था छ ।तर, खाडी मुलुकका मुसलमान समूदायले सेरोगेसी पद्धतीलाई धार्मीक रुपले पनि स्वीकार्न चाहान्नन् । उनीहरुमाथि बुहुविवाह प्रथा बाधक छैन । त्यसैले बच्चा जन्माउन इच्छा अनुसार विवाह गर्न रोकटोक हुन्न । तापनि वैवाहिक जिवनको सफलताका लागि पछिल्लो समय आफ्नो जिवन पार्टनरसँग पनि उनीहरु सहमती अनुसार चल्ने गर्छन । यसका लागि बच्चा जन्माउन स्वास्थ्यका दृष्टिले असक्षम महिलाले ‘साँप पनि नमर्ने लाठी पनि नभाँचिने’ भनेझैँ घरेलु कामदारका रुपमा महिलालाई भित्र्याएर आफ्नो लोग्नेको तर्फबाट बच्चा प्राप्त गरिदिनका लागि उक्त सम्वन्धलाई स्वीकार गर्न तयार हुन्छन्, साथै खुसी पनि ।
बस्, दुई वर्ष खाडीमा घरेलु कामदारका लागि गएकी महिला १० महिनामा बच्चा जन्माइदिएर त्यो बच्चा हुर्कीइसकेपछि त्यहाँबाट फिर्ता हुन्छीन् । यसै पनि ‘हाउसमेड’मा जान तयार महिला आर्थिकरुपमा कमजोर नै हुन्छन्, त्यसमाथि पनि कामै नगरी त्यो भन्दा बढी सुविधा प्राप्त हुने भएपछि त्यसरी जाने महिला पनि खुसी नै हुन्छन् ।
स्रोतले गरेको दावी अनुसार यहाँनेर हाउसमेडका रुपमा बच्चा जन्माइदिने शर्तसहित जाने महिलाले भन्दा त्यो व्यवस्थापन मिलाइदिने मेनपावर कम्पनी वा दलालले मोटो रकम रोजगारदाताका तर्फबाट प्राप्त गर्ने गरेका हुन्छन् । त्यसरी एउटै महिला पठाउँदा दशौं कामदार पठाउँदा बराबरको आम्दानी हुने र पठाइएका महिलाबाट पनि कुनै गुनासो नआउने र भविष्यमा पनि समस्या नपर्ने ठम्याइँ मेनपावर सञ्चालक र दलालको हुने गर्छ । स्रोतका अनुसार बच्चा जन्माइदिन राजी हुने महिला मात्र त्यसरी पठाइने गरिन्छ । हाउसमेड भनेर पठाइने अनी उता पुगिसकेपछि बच्चा जन्माइदिने प्रस्ताव आएको खण्डमा अस्वीकार गर्न सक्ने भएकाले यतैबाट रोजगारदाताको इच्छाअनुसार नै युवती खोज्ने, उनीहरुलाई आकर्षक प्रलोभन देखाउने सबै काम मेनपावर सञ्चालक वा दलालबाट हुने गर्छ । यसरी पठाइएका महिलाबाट कुनै गुनासो कहीँकतै आउने नगरेको स्रोतले बतायो । अप्रेसन गरी बच्चा झिकिने भएकाले बच्चा जन्माइदिएको पनि कसैले चाल नपाउने भन्दै स्रोतले भन्यो, ‘कति अविवाहित महिला पेट चिरेको दाग लिएर बच्चा उतै छाडेर फर्कीने गरेका छन् । खाडीबाट फर्केकाहरुको शरिर बारे चासो राख्दा प्रष्ट हुन्छ ।’
नेपालका आधा दर्जन बढी मेनपावर कम्पनी यस्तो धन्दामा क्रियासिल रहेको स्रोतले बतायो । यस्तो धन्दामा क्रियासिल अधिकांश व्यवसायी ‘मेनपावर राजनीति’ गर्ने नेता समेत रहेका छन् ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२२ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



