
सचिवको हाजिरीमा मन्त्रीको रातो घेरा
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिले आफूमातहतका कर्मचारीहरू कार्यालयमा आएरनआएको विषयमा छड्के गर्ने र नआएको पाइए हाजिरी कापीमा रातो घेरा लगाउने होडबाजी नै चलेको छ । त्यही होडबाजीले मन्त्री/सचिवबीच विवाद पनि हुने गरेको छ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बिहीबार दिउँसो साढे ३ बजेतिर छड्के जाँच गर्दा अनुपस्थित रहेको पाइएपछि मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र सहसचिव स्किम श्रेष्ठको हाजिरी कापीमा रातो घेरा लगाइदिएका छन् ।
मन्त्री मोदी त्यस दिन अकस्मात् सचिव पुष्कर र मन्त्रालयका चार सहसचिवको कार्यकक्षमा छड्के गर्न पुगेका थिए । त्यतिबेला पुष्कर र श्रेष्ठ आफ्नो कार्यकक्षमा थिएनन् । त्यसपछि तत्कालै मन्त्री मोदीले दुवैको हाजिरी कपीमा रातो घेरा लगाइदिएका हुन् ।
मन्त्री मोदीका स्वकीय सचिव ताजिम अन्सारीका अनुसार सचिव र एक सहसचिवमन्त्रीलाई जानकारी नगराई मन्त्रालयबाट बाहिर गएकाले छड्के गरिएको थियो । ‘कमसेकम सचिव र सहसचिव मन्त्रालय बाहिर जानुपरे मन्त्रीज्यूसँग सहमति लिनुपर्ने वा जानकारी गराउनुपर्ने हो । यस्तो परम्परा बसोस् भन्ने उद्देश्यबाट मन्त्रीज्यूले सचिव र सहसचिवको हाजिरी कापीमा रातो घेरा लगाउनुभएको हो,’ अन्सारीले भने, ‘बिहीबार साढे ३ बजेदेखि सचिव र सहसचिव श्रेष्ठ कार्यकक्षमा हुनुहुन्नथ्यो ।’
मन्त्री मोदीको सचिवालयमा कार्यरत अर्का एक कर्मचारीले जानकारी नगराई गका सचिव पुष्कर रेका हुन् । कृष्णहरि पुष्कर, सचिव माथिल्लो तहका कर्मचारीहरूले विभागीय मन्त्रीलाई नटेर्ने प्रवृत्ति मौलाएको र त्यसको अन्त्य हुनुपर्नेमा जोड दिए । ‘सचिव र सहसचिव मन्त्रीप्रति जिम्मेवार हुनुपर्छ तर अहिले अनुशासनहीन अवस्था देखिएको छ,’ उनले भने । यो समाचार आजको नागरिक दैनिकमा छ ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२२ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



