आज मिति २०८० साल साउन १ गते सोमबारको राशीफल : पशुपतिनाथले रक्षा गरून्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ –आर्थिक पक्ष सबल नै छ, यद्यपि समय बलियो छैन। गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला। मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना पनि छ। इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ। गरेका काममा सोचेजति सफलता प्राप्त हुने सम्भावना छैन। व्यापार, व्यवसायबाट लाभ मिल्नेछ। आजका लागि शुभअङ्क :२ र शुभरङ्ग: पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या :११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो –आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ। विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ। नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ। सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। आजका लागि शुभअङ्क स् १ र शुभरङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः न्यूनतम जापसङ्ख्या: २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह –व्यवसायिक जीवन यथावत रहने छ। व्ययस्थानमा चन्द्रमा रहेकाले काममा लगानीको समय छ। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ। आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र :ॐ शं शनैश्चराय नमः न्यूनतम जापसङ्ख्या : २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो–आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ। विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ। पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ। पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन्। सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट प्रतिष्ठा प्राप्त हुनेछ। प्रेममा उच्च सफलता प्राप्त हुने योग छ। आजका लागि शुभअङ्क : २ र शुभरङ्ग: बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या :११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे –प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ। प्राविधिक काममा सफलता प्राप्त हुने छ। आत्मविश्वास जाग्नेछ। अभिभावकको आशीर्वादले काम गर्नसक्छ। हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ। श्रममूलक काममा मन जानेछ। व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ। आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः न्यूनतम जापसङ्ख्या : ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो –सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः न्यूनतम जापसङ्ख्या: ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते –आर्थिकरूपमा सबल बन्नु हुनेछ। आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन्। सामाजिक सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन छ। सुरुमा चिन्ता र छटपटी देखिए पनि दिन छिप्पिंदै जाँदा शरीरमा स्फूर्ति र उमङ्गको सिर्जना हुनेछ। धन, धर्म र भाग्यबलमा बढोत्तरी हुने छ। गर्नु नपर्ने काम भए पनि त्यसको उपलब्धी राम्रै हुने सम्भावना छ। आजका लागि शुभअङ्क स् ८ र शुभरङ्ग स् नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र:ॐ मृत्युञ्जयाय नमः न्यूनतम जापसङ्ख्या स् २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु –दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ। सुरुमा घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन्। बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ। रमणीय र सुखद यात्राको योग छ। जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ। बन्दव्यापारबाट राम्रै आय हुनसक्छ। आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलदेव्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे –स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ। आर्थिक लाभ हुनेछ। ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ। पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ। प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज। घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ। जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ। आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नागदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि –भाइबहिनी र छोराछोरीका समस्यामा पनि समय दिने बेला आएको छ। तिनको उन्नति, प्रगति र शैक्षिक क्षेत्रमा ध्यान दिनु पर्नेछ। दाजुभाइ, दिदीबहिनीले तपाईंका सकारात्मक धारणालाई समर्थन गर्नेछन्। खानपान र मनोरञ्जनमा भुलिन सक्नुहुन्छ, तर स्वास्थ्यप्रति सचेत हुनुपर्छ। व्यवसायिक क्षेत्रमा दौडधूप गरेजति सफलता प्राप्त हुने छ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द –घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ। कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हो, मित्र, सहयोगी र नातागोताको साथ पाइँदैन । कुनै नयाँ काम गर्नुछ भने जान्नेबुझ्ने वा ठूलाबडाको सहयोग लिनु राम्रो हुन्छ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि –प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन्। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ ।साथीभाइसँगको सम्बन्ध आत्मीय बन्नेछ।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२२ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares