
दोलखाको गौरिशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन
दोलखा । दोलखाको गौरिशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएको छ । तामाङको आइतबार दिउँसो हृदयघातका कारण निधन भएको हो ।उपाध्यक्ष तामाङलाई काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका लागि भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले जानकारी दिएका छन् ।
सभापति लामाले शोक वक्तव्य जारी गर्दै उपाध्यक्ष तामाङले नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको भूमिका र गौरिशंकर गाउँपालिकाको विकासको अवधारणा दोलखाली नागरिकका लागि अतुलनिय रहेको जनाएका छन् ।
उनको निधनले कांग्रेस दोलखा अत्यन्त मर्माहत भएको सभापति लामाले विज्ञप्तिमा उल्लेख गरेका छन् । तामाङ २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका थिए ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२४ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



