
नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग अन्तिम चरणमा
नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ। मुख्य सुरुङ मार्ग करिब ५१५ मिटर र सहायक टनेल करिब ४५ मिटर खन्न बाँकी छ।
आयोजनाका इन्जिनियर रमेश कोइरालाले मुलुकका अन्य आयोजनाका तुलनामा यस सुरुङ मार्गको काम तीव्र गतिमा भइरहेको बताउँदै मुख्य र सहायक सुरुङ खन्ने काम क्रमशः असोज र साउनभित्र सम्पन्न हुने जानकारी दिए। उनका अनुसार आयोजनाको समग्र भौतिक र आर्थिक प्रगति क्रमशः ७५ र ६१ प्रतिशत छ।
सुरुङ मार्ग सञ्चालनयोग्य बनाउन भने करिब एक वर्ष लाग्ने छ। सुरुङभित्र आवश्यक प्रकाश, हावा, सिसिटिभी, नियन्त्रण प्रणाली, फायर हाइड्रेन्ट, आगो नियन्त्रण प्रणाली, टेलिफोन जडान गर्नुका साथै भित्ताको प्लास्टर, रङ्गरोगन, भुइँको कालोपत्रेलगायतका काम गर्न एक वर्ष लाग्ने इन्जिनियर कोइरालाले बताए ।
यस अनुसार आयोजनाको म्याद फेरि थप्नुपर्ने हुन्छ। आयोजनाको अवधि २०८० वैशाखसम्म रहेकोमा २०८१ वैशाखसम्म थपिएको छ। थपिएको म्याद अनुसार अब दस महिना निर्माण अवधि बाँकी छ। तर सुरुङ खन्ने काम सकिएको एक वर्षपछि मात्र सञ्चालनमा आउन सक्ने भएकाले आयोजनाको म्याद फेरि थप्नुपर्ने अवस्था आउन लागेको हो।
२०७६ मङ्सिरदेखि यस आयोजना निर्माण अवधि ४२ महिना तोकिएको थियो। २०७६ कात्तिकमा सो सुरुङ मार्ग शिलान्यास गरिएको थियो। सुरुङ खनिसकेपछि त्यहाँ ३० सेन्टिमिटर बाक्लो ढलान गर्नु पर्छ। अन्य सडकमा गरिने कालोपत्रेभन्दा यो निकै बाक्लो भएको उनले बताए । अन्य सडकजस्तो सुरुङ मार्ग बारम्बार बनाइरहन नसकिने भएकाले बिचमा कुनै समस्या नआओस् भनेर बाक्लो गरी ढलान गर्नु पर्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
समाज
थप सामाग्री-
आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
२४ घण्टा अगाडि
2.0kViews 418 Shares Share on Facebook Share on Twitter तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका अन्तर्गत पावरहाउस नजिक पृथ्वी राजमार्गमा बुधबार बिहान…



