वर्षाका कारण ग्रामीण सडक अवरुद्ध

डडेलधुरा, साउन ५ गते । डडेलधुराका जिल्लाका अधिकांश ग्रामीण सडक वर्षाका कारण अवरुद्ध भएका छन् ।  सडक अवरुद्ध हुँदा यातायातका सवारीसाधन सञ्चालनमा समस्या भएको छ ।

सडक बिग्रिएकै कारण ग्रामीण क्षेत्रमा सञ्चालित यातायात सेवा पूर्ण रूपमा प्रभावित हुँदा यात्रु मर्कामा परेका छन् । सर्वसाधारण पैदल हिँड्न बाध्य भएका छन् । सडकको स्तरोन्नति गर्नुभन्दा पनि नयाँ सडक निर्माण कार्य प्राथमिकतामा पर्ने गरेका कारण  जिल्लाका अधिकांश सडक वर्षात भएसँगै अवरुद्ध हुने गरेका छन् ।

वर्षातले ग्रामीण सडकमा खाल्टाखुल्टी हुनुका साथै हिलाम्ये भएपछि यात्रा गर्न पनि जोखिम हुने गरेको छ । जिल्लाको बागबजार, बगरकोट सडक, बगरकोट रूपाल सडक, बगरकोट भागेश्वर सडक, ढिमौला भद्रपुर सडक, डुङ्री सडक, अनारखोली देवल, पोखचा नवदुर्गा सडक, जोगबुडा लिप्ना दैजीलगायतका ग्रामीण सडक अवरुद्ध बनेका छन् ।

हिलोका कारण यातायातका साधन सञ्चालनमा कठिनाइ भएको उग्रतारा डडेलधुरा यातायातका कार्यालय प्रमुख लक्ष्मण महरले बताउनुभयो । अवरुद्ध सडक सञ्चालन गर्न स्थानीयवासीले दबाब दिँदै आएका छन् ।

“बर्खाको बेला ग्रामीण कच्ची सडक सञ्चालनमा ल्याउन कठिन रहेको परशुराम नगरपालिका प्रमुख भरत जोशीले बताउनुभयो ।” उहाँले भन्नुभयो, “ग्रामीण सडक वर्षाको समयमा जति मर्मत गरे पनि एक दिनको झरीले पूरै बिग्रिने भएकाले तत्काल सञ्चालन गर्न समस्या हुन्छ ।”

अहिले राज्यको रकम अनावश्यक खर्च गर्नुभन्दा वर्षायाम सकिएपछि मात्रै सडकको स्तरोन्नति गरिने प्रमुख जोशीले बताउनुभयो । परशुराम नगरपालिकाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् ।गोरखापत्र बाट

Facebook Comments Box
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
१८ घण्टा अगाडि

1.4kViews 175 Shares Share on Facebook Share on Twitter काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौंस्थित हायात होटलभित्र रहेको प्राइड क्यासिनोमा…

TOP
Shares