
बुटवल उपमहानगरका पूर्वउपप्रमुख खनालको निधन
रुपन्देही । बुटवल उपमहानगरपालिकाका (साविक बुटवल नगरपालिकाका) पूर्वउपप्रमुख एवं नेपाली कांग्रेसका नेता रामप्रसाद खनालको निधन भएको छ । दम बढेपछि बुटवलस्थित तिनाउ अस्पतालमा उपचाररत खनालको आज बिहान निधन भएको थियो । खनालको असार १३ गते प्रोष्टेटको शल्यक्रिया गरिएको थियोे ।
लामो समयदेखि बुटवल वडा नं ७ शिवनगरमा स्थायीरुपमा बस्दै आएका खनाल विसं २०४६ को जनआन्दोलन पछि विसं २०४९ मा तत्कालीन बुटवल नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनुभएको थियो । पाल्पाको कुशुम खोलामा जन्मेका ८३ वर्षीय खनालका चार छोरा दुई छोरी र दुई श्रीमती छन् ।
यस्तै पूर्वउपप्रमुख खनालको निधनमा बुटवल उपमहानगरपालिकाले आज अत्यावश्यकबाहेकका सेवा बन्द गरी शोक व्यक्त गरेको छ । आज दिउँसो शोकसभा गर्दै बुटवल उपमहानगरपालिकाले आइतबार दिउँसो १ बजेदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरी शोक व्यक्त गरेको हो ।
त्यसअवसरमा नगरप्रमुख खेलराज पाण्डेयले पूर्वउपप्रमुख खनालको निधनले बुटवलले एक सादगी नेता गुमाएको भन्दै दुःख व्यक्त गरे । सालिन नेताका रुपमा रहेका खनालले लामो समय नेपाली कांग्रेसको बुटवल नगर सभापति सम्हालेका थिए ।रासस
समाज
थप सामाग्री-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
-
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
-
आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
१८ घण्टा अगाडि
1.4kViews 175 Shares Share on Facebook Share on Twitter काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौंस्थित हायात होटलभित्र रहेको प्राइड क्यासिनोमा…



