नारायणगढ-मुग्लिङ सडक खण्डमा पहिरो : बाटो अबरुद्ध हुँदा यात्रु अलपत्र

काठमाडौं। चितवनको  नारायणगढ-मुग्लिङ सडक खण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा राजमार्ग पूर्ण अवरुद्ध भएको छ। बिहान ७ बजेदेखि सडक पूर्ण रूपमा बन्द रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

कालिखोला आसपासका विभिन्न स्थानमा साना ठुला पहिरो आएर राजमार्ग अवरुद्ध भएको हो। अवरुद्ध सडक खुलाउने प्रयास भइराखेको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ ।

पानी परिराखेकाले परिरो पन्छाउन कठिन भएको कार्यालयको भनाइ छ। पहिरो पन्छाउन समय लाग्ने देखिएकोले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ ।

Facebook Comments Box
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
१८ घण्टा अगाडि

1.4kViews 175 Shares Share on Facebook Share on Twitter काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौंस्थित हायात होटलभित्र रहेको प्राइड क्यासिनोमा…

TOP
Shares