
नामअनुसारको काण्डमा मुछिदै एक डिएसपी : ठगबहादुर केसी सेवाबाट बर्खास्त
सुनकाण्डमा मुछिएका डीएसपी ठगबहादुर केसी सेवाबाट बर्खास्त
काठमाडौ । गृह मन्त्रालयले सुनकाण्डमा मुछिएर निलम्बनमा परेका इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक डीएसपी ठगबहादुर केसीलाई नोकरीबाट हटाएको छ ।
गृहसचिव दिनेश भट्टराईले सचिवस्तरीय निर्णय गर्दै डीएसपी केसीलाई प्रहरी नियमावलीअनुसार सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेका हुन् । डीएसपी केसीलाई नोकरीबाट हटाएको निर्णय पत्र प्रहरी प्रधान कार्यालयमा पुगिसकेको छ ।प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिनबाट उनले गम्भीर आचरण उल्लंघनसहित प्रहरी ऐनविपरीत कार्य गरेको देखिएकाले उनलाई सेवाबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।
डीएसपी केसीले बुटवलका सुन व्यवसायीबाट ३५ तोला सुन फिर्ता गर्ने सर्तमा ८ लाख ५० हजार रूपैयाँ घुस लिएको र सुनसमेत फिर्ता नगरेको ठहर छानबिन समितिले गरेको छ।उनका सम्बन्धमा छानबिनका लागि प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको थियो।
डीएसपी केसीलाई गत पुस ११ गते इलाका प्रहरी कार्यालय बुटवलको निवासबाट सुन, ९ लाख ५० हजार रूपैयाँको चेक र ८ लाख ५० हजार रूपैयाँ नगदसहित केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको थियो।विवादमा मुछिएका उनी बुटवलबाट सरूवा भएर कास्की जानुभन्दा एक दिनअघि सुन र नगद रकमसहित पक्राउ परेका थिए। पक्राउलगत्तै उनी निलम्बनमा परेका थिए।
बुटवलका सुन व्यवसायी किसन विकबाट गत वर्ष मंसिर २५ गते बरामद गरेको सुन उनले अनुसन्धान प्रक्रिया अघि नबढाई र माथिल्लो निकायलाई समेत जानकारी नदिई पुस ११ गतेसम्म निवासमै राखेर व्यवसायीसँग बार्गेनिङ गरेको खुलेको थियो।
समाज
थप सामाग्री-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
-
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
-
आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
१८ घण्टा अगाडि
1.4kViews 175 Shares Share on Facebook Share on Twitter काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौंस्थित हायात होटलभित्र रहेको प्राइड क्यासिनोमा…



