

छातीमा जमरा उमार्दै सापकोटा
झापा, २ कात्तिक : दसैंका बेला घरघरमा दुर्गा भवानीको पूजासँगै जमरा उमार्ने चलन छ । ती जमरा मान्यजनका हातबाट टीकासँगै ग्रहण गर्ने परम्परा छ । तर, दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित एक मन्दिर परिसरमा ५१ वर्षीय प्रह्लाद सापकोटाले छातीमा दसैँको जमरा उमार्नुभएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले व्रतमा बसेको दुई दिनपछि जमरा उम्रिएको बताउनुभयो । मन्दिरमा दैनिक पूजापाठ हुने गरेको र छातीमा उम्रिएको जमरा हेर्न भक्तजनको घुइँचो लाग्ने गरेको छ । गाउँपालिकाकी उपप्रमुख पुजन न्यौपानेका अनुसार स्थानीय पाथीभरा मन्दिरमा घटस्थापनाका दिनदेखि निराहार व्रत बस्नुभएका सापकोटाले दसैँमा टीका लगाउनका लागि छातीमा जमरा उमार्नुभएको हो ।
गत असोज २८ गते बिहान पूजापाठ गरेर सापकोटा मन्दिर परिसरमा सुत्नुभएको हो । जमरा रोप्नुभन्दा दुई दिनअघिदेखि पानी र अन्नसमेत नखाई निराहार व्रतमा रहनुभएका उहाँले दुर्गा भगवतीको प्रसादको रुपमा जमरा प्रयोग गरिने बताउनुभयो । छातीमा बालुवामाथि टपरामा जमरा उमार्न मकै, जौँलगायतका अन्नका दाना रोपिएको थियो ।
यसरी जमरा उमार्दा कुनै शारीरिक कस्ट नभएको सापकोटाले बताउनुभयो । उहाँले व्रतका बेला मलमूत्रसमेत त्याग गर्नुभएको छैन । सापकोटाले आफूलाई पाथीभरा भगवतीको भक्त ‘माता गुरु’ बताउने गर्नुभएको छ । उहाँका छ सेवकले मन्दिर क्षेत्रमा आउने भक्तजनको व्यवस्थापन गरिरहेका छन् । स्थानीय तारा गिरीले जीवनमै पहिलोपल्ट छातीमा जमरा उमारेर निराहार व्रत बसेको देख्दा अचम्म लागेको बताउनुभयो । महानवमीका दिन एक लाख दीप प्रज्ज्वलन गरेर व्रत समापन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । दसैँको महानवमीका दिनसम्म दुर्गा भवानीको विधिपूर्वक पूजा गरेर छातीमा राखिएको मकै र जौँको जमरालाई प्रसादका रुपमा सर्वसाधारणलाई दिइने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कार्कीले बताउनुभयो ।रासस
समाज
थप सामाग्री
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२६ विविध कार्यक्रमसहित सम्पन्न
१० घण्टा अगाडि
2.0kViews 481 Shares Share on Facebook Share on Twitter काठमाडौँ — लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६…





