
आईपीएलमा मुम्बईको पहिलो जित
बैशाख १८,काठमाडौं ।राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । मुम्बईमा शनिबार राजस्थानले दिएको १५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको पहिलो जितमा सूर्यकुमार यादवले सर्वाधिक ५१ रन बनाए । यस्तै तिलक बर्माले ३५ रन जोड्दा इशान किशनले २६ रनको योगदान गरे । यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १५८ रन बनाएको थियो । राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ६७ रन बनाए । यस्तै रविचन्द्र आश्विनले २१ रनको योगदान गरे । मुम्बईका हृतिक शोकेन र रिली मेरीदिथले समान दुई विकेट लिए । जितसँगै मुम्बईले आठ खेलपछी पहिलो २ अंक जोडेको छ । राजस्थानले ९ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा छ ।यो समाचार रातोपातीबाट साभार गरिएको हो ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२० घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



