जिम्बावे‘ए’ विरुद्ध ब्याटिङ गर्दै नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय क्रिकेट अभ्यास सिरिजअन्तर्गत पहिलो खेलमा जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा  जिम्बावे‘ए’ ले टस जितेर पहिले पहिले फिल्डीङ गर्ने भएको छ । नेपालले जिम्बावे‘ए’ विरुद्ध केही बेरमा ब्याटिङ थाल्नेछ । टी–ट्वान्टी सिरिज बराबरी गरेको नेपालले एकदिवसीय सिरिज जित्ने योजना बनाएको छ । तर, बलियो टोली जिम्बावे‘ए’ विरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन् । नेपाललाई आजको खेलमा जित निकाल्दै सिरिजको सुखद सुरुवात गर्ने मौका छ ।आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो ।नेपाली टोलीमा :सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, दिपेन्दं्रसिंह ऐरी, रोहित कुमार पौड्यल, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, सुशन भारी र सागर ढकाल छन। 

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२० घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares