त्रिभुवन विमानस्थलको जग्गा सेटीङमै हालिमुहाली ,मन्त्री आले र महानिर्देशक अधिकारीमाथि अख्तियारको नजर

काठमाडौं बैशाख २३ । नारायणहिटी र पशुपतिनाथको जग्गा कौडीको भाउँमा हडपेको भन्दै विरोध जनाएर चर्चामा आएका नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले यतीबेला विवादास्पद व्यवसायी दिपक मलहोत्रासँग देखाएको आर्थिक पिरतीका कारण विवादमा तानिएका छन् । मन्त्री आले र व्यवसायी मलहोत्रालाई जग्गा मिलाउन पुलको भूमिकामा रहेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदिप अधिकारी पनि विवादमा तानिएका छन् ।
मन्त्री आलेकै जोडबलमा नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा रहेको विमानस्थलस्थित ९१ रोपनी जग्गा व्यावसायिक प्रयोजनका लागि भाडामा दिन चलखेल भइरहेको स्रोतले बतायो । यसका लागि प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी, प्रधानमन्त्री शेरबहादुर देउवाका साला भुषण राणा, विचौलियाका रुपमा परिचित तारा सापकोटा, सुवास श्रेष्ठ, रामचन्द्र भट्टलगायतले व्यवसायी दिपक मलहोत्रासँग सेटिङ गरी कौडीको भाउमा जग्गा लामो समयका लागि लिजमा दिलाउन चलखेल गरेका हुन् ।

प्राधिकरणको स्वामित्वमा रहेको उक्त जग्गामा अहिले सशस्त्र प्रहरी बलको विपद् उद्दार गण रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा एवम् उद्दार कार्यका लागि खटिने सशस्त्र प्रहरी गणलाई हटाएर उक्त जग्गा व्यवसायीलाई कौडीको भाउँमा दिलाएर ठूलो आर्थिक लाभ लिन उनीहरुको चलखेल निकै अघि बढीसकेको छ । भविष्यमा झमेला नआओस्, आफूहरुले बुझेको रकम पनि पचाउन पाइयोस् भन्ने योजनाका साथ मन्त्रिपरिषद्बाटै पास गराएर उक्त जग्गा व्यवसायिक प्रयोजनका लागि मलहोत्रा एण्ड कम्पनीलाई उपलब्ध गराउन महानिर्देशक अधिकारीकै पहलमा प्रधिकरणको सञ्चालक समितिले जग्गा भाडामा दिने निर्णय गरीसकेको छ ।
यसअघि, मलहोत्राको रसुवा केडी ज्वाइन्ट भेञ्चरले व्यापारिक कम्प्लेक्स बनाउने भन्दै त्रिभुवन विमानस्थल परिसरमै रहेको नागरिक उड्डयन प्राधिकरणकै ५२ रोपनी जग्गा व्यापारिक कम्प्लेक्स बनाउन भन्दै कौडीको भाउँमा लिजमा लिएको थियो । सम्झौता विपरित पार्किड समेतको व्यापारिक कम्प्लेक्स बनाएर विवादमा तानिए पनि ठेक्का पाएको मलहोत्राको कम्पनीले न त जरिवाना तिर्नु पर्यो, न कारवाही नै भोग्नु पर्यो । सम्झौता विपरित कम्प्लेक्स निर्माण हुँदा पनि कारवाही भोग्नु नपर्नाको कारण प्राधिकरणका इन्जीनियर प्रदिप अधिकारी नै उक्त निर्माण कार्यमा जोडीनुको रहश्य त्यतीबेलै खुलेको थियो ।
नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न आयोजनामा बसेर आर्थिक लुट मच्चाउन सफल प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी नेतृत्वमा बनेको दोस्रो अन्तर्राष्ट्र्यि लुम्बिनी विमानस्थल, भैरहवामा हालै बुद्ध एयरको रनवेमा टायर पन्चर भएर उडान-अवतरण अवरुद्ध हुनुले विमानस्थलको रनवेको गुणस्तरमा प्रश्न उठीरहेका बेला नेपाल एयरलाइन्सको वाईड वडी विमानलाई पार्किड वेमा लैजाँदै गर्दा ट्र्निड नपुग्नुले पनि उक्त विमानस्थल कस्तो हचुवा ढंगबाट निर्माण गरिएको रहेछ स्वतः पुष्टि हुन्छ ।
आयोजना प्रमुखका हैसियतले ई. प्रदिप अधिकारी कति दोषी छन् भन्ने विमानस्थल निर्माणका क्रममा गुणस्तर कमी, डिजाइनमा लापरवाही यी त भैरहवा विमानस्थलको मुख्य कमजोरी देखियो नै, त्यस बाहेक पनि आर्थिक भ्रष्टाचारको पाटोमा पनि उनी मुछिएकै छन् । यता, पोखरा विमानस्थलको त कुरै नगरौं, हतारमा हस्तान्तरण गर्नुको मुख्य कारण नै भ्रष्टाचारको छानविनबाट जोगिन तत्कालिन आयोजना प्रमुख अर्थात् हालका महानिर्देशक अधिकारीको प्रमुख योजना हो भन्दा फरक नपर्ला । सायद, अख्तियारको नजर परिसकेको यी प्रकरण सँगसँगै विमानस्थलका प्राधिकरणकै स्वामित्वमा रहेका दुई अलग अलग जग्गा एकै व्यक्तिलाई लामो समय कौडीको मुल्यमा भाडामा दिलाएर मोटो रकम हसुर्न खप्पिस महानिर्देशक प्रदिप अधिकारी र स्वयम् पर्यटन मन्त्री प्रेम आले पनि कसरी पो जोगिएलान् र ?

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२२ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares