
दुई दिन बिदा लागू गर्न समस्या
काठमाडौं । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि केही क्षेत्रमा कार्यान्वयनमा समस्या देखिएको छ । सरकारी निर्णय कार्यान्वयन गर्न नसक्ने जनाउँदै केही सरकारी निकायले आइतबार बिदा नदिने भएका छन् । त्रिभुवन विश्वविद्यालयले आइतबार सार्वजनिक बिदा दिन नसक्ने निर्णय गरेको छ । वर्षे बिदाका कारण त्रिविको पढाइ अहिले बन्द छ । त्रिविमा आबद्ध प्राध्यापक, कर्मचारी तथा विद्यार्थीलाई स्थानीय तहको निर्वाचमा खटिन सहज हुने गरी त्रिविले वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म आङ्गिक क्याम्पसहरूमा वर्षे बिदा दिएको छ । विश्वविद्यालयमा कोरोना असरका कारण पठनपाठन ढिलो भएको, परीक्षा र पढाइका कार्यक्रम यसअघि नै सार्वजनिक भइसकेको तथा विश्वविद्यालयले तयार पारेको शैक्षिक पात्रो सातामा छ कार्य दिनलाई ध्यानमा राखेर तयार पारिएको हुनाले आइतबार बिदा दिन नसकिने त्रिविले जनाएको छ । बूढानीलकण्ठ नगरपालिकाले पनि आइतबार बिदा नदिने निर्णय गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१४ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



