प्रविधिमैत्री र सुविधा सम्पन्न प्रहरी भवन निर्माण गर्दै लगिने – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

गोरखा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आगामी दिनमा प्रविधिमैत्री एवम् सुविधा सम्पन्न प्रहरी भवनहरु निर्माण गर्दै लैजाने प्रहरी संगठनको नीतिलाई कार्यान्वयन गर्दै लगिने बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखा परिसरमा नवनिर्मित कार्यालय भवन, हिरासत, कार्यालय प्रमुख निवास, प्रहरी कर्मचारीहरुको लागि व्यारेक भवन, मेस भवन र सिनियर अधिकृत आवास भवनको आइतबार आयोजित एक कार्यक्रमबीच उद्‌घाटन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नवनिर्मित भवनहरुको प्रयोग गरी प्रहरी कर्मचारीबाट गुणस्तरीय प्रहरी सेवा सञ्चालन गर्न सहज हुने अपेक्षा व्यक्त गर्नुभयो । प्रतिकूलताको बिचमा अनुकूलता ल्याउने मुख्य दायित्व प्रहरीको भएकोले आम नागरिकलाई पारदर्शी र प्रभावकारी प्रहरी सेवा प्रदान गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन दिनुभयो ।प्रहरी महानिरीक्षक थापा क्षेत्रीले तल्लो तहका प्रहरी कर्मचारीहरुको वृत्ति विकास र सुविधालाई बिशेष ख्याल गरेर लैजाने प्रतिबद्धता व्यक्त गर्दै ऐतिहासिक जिल्ला गोरखामा कार्यरत प्रहरी कर्मचारीहरुबाट गुणस्तरीय प्रहरी सेवा सहित प्रहरी पेशालाई मर्यादित र स्वाभिमानको पेशाको रुपमा अंगिकार गर्नुपर्ने तथा नागरिकहरुबाट पनि प्रहरी कार्यमा सहयोग र समन्वय गर्न आवश्यक भएको उल्लेख गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले २०१२ सालमा नेपाल प्रहरीमा सेवा प्रवेश गरी ३३ वर्ष सेवा पूरा गरी अवकाश प्राप्त पूर्व प्रहरी नायव निरीक्षक ८६ वर्षीय नारायण भक्त अर्याललाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने जिल्ला समन्वय समितिको कार्यालय गोरखा, गोरखा नगरपालिकाको कार्यालय गोरखा र रोयल कन्‍सट्रक्सन धनगढी कैलालीलाई कदरपत्र प्रदान गर्नुभयो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै गुणस्तरीय प्रहरी सेवा प्रदान गर्नका लागि प्रहरीको भौतिक संरचना विस्तार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य, गोरखा नगरपालिकाका प्रमुख राजन राज पन्त र नेपाल पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरहरि सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा प्राविधिक प्रहरी नायव उपरीक्षक केविनजंग थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै नेपाल सरकारको कूल ९ करोड २५ लाख ९३ हजार ४ सय ६२ रुपैयाँ ९४ पैसाको लागतमा उक्त भवनहरुको निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।

उद्‌घाटन कार्यक्रम पश्चात प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय गोरखा तथा मातहत कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई समसामयिक बिषयमा निर्देशन दिँदै प्रहरी पेशालाई मर्यादित बनाउँदै आफ्नो व्यावसायिक वृत्ति विकासलाई समेत बिशेष ख्याल गरी नागरिकहरुलाई मुस्कान सहितको छिटो छरितो र गुणस्तरीय प्रहरी सेवा प्रदान गर्न प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१६ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares