
बालेन्द्र मेयर बनेपछि काठमाडौं महानगरले गर्यो यस्तो निर्णय
काठमाडौं : काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकले फोहोर व्यवस्थापनका लागि कार्यदल गठन गरेको छ। महानगर प्रमुख र उपप्रमुखसमेत रहनेगरी कार्यदल गठन भएको हो।
बैठकले रेस्टुरेन्ट, पेट्रोल पम्पका शौचालयहरु सार्वजिकरुपमा प्रयोग गर्नका लागि साझेदारी गर्ने निर्णयसमेत गरेको छ। काठमाडौंमा सार्वजनिक शौचालयको अभाव रहेको भन्दै महानगरको आलोचना हुँदै आएको छ। काठमाडौंका मेयर बालेन्द्र शाहले यो समस्या समाधानका लागि निजी क्षेत्रसँग साझेदारी गर्ने प्रयास थालेका हुन्।
त्यस्तै गुनासो सुन्नका लागि ‘कल सेन्टर’ स्थापना गरिने भएको छ। काठमाडौं महानगरबासीले फोनमार्फत् समस्या टिपाउनसक्ने भन्दै कल सेन्टर स्थापना गर्न लागिएको हो। एक हप्ताभित्र कल सेन्टर स्थापना गरिने निर्णय भएको हो।
त्यस्तै सडकका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याइने छ। खाल्डाखुल्डी तथा ढल निकासजस्ता काम ७ दिनभित्र सक्न २ वटा भौतिक पूर्वााधार एम्बुलेन्स सुरु गर्ने प्रस्ताव बैठकले अनुमोदन गरेको हो।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१० घण्टा अगाडि
2.5kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



