
ओमानमाथि अमेरिकाको फराकिलो जित
आइसीसी विश्वकप क्रिकेट लिग टु मा अमेरिकाले ओमानमाथि १ सय १४ रनको फराकिलो जित निकालेको छ।
अमेरिकालेले दिएको ३२४ रनको बिशाल लक्ष्य पछ्याएको ओमान ४३.३ ओभरमा अलआउट हुँदै २०९ रनमा समेटियो। ओमानका लागि आयान खान र सोयब खानले समान ५९–५९ रन बनाउँदा, कश्यप प्रजापती २८, मोहम्मद नदिमले १७ , खवार अलीले १४ र जितेन्दर सिंहले १२ रन बनाए।
बाँकी खेलाडी सस्तैमा आउट भए।
ओमानलाई कम स्कोरमा रोक्न अमेरिकाका अली खानले सर्वाधिक पाँच विकेट लिए। स्टेभेन टेलर र यासिर मोहम्मदले समान दुई-दुई विकेट लिए।
यसअघि ह्युस्टनस्थित मौसा क्रिकेट स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले कप्तान मोनांक पटेल र सुशान्त मोदानीको शतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २३ रन बनाएको थियो ।
उसका लागि मोनांकले १ सय १ बलमा ११ चौका र ६ छक्काको मद्दतले १ सय ३० रन बनाए। यस्तै १३३ बल खेलेका सुशान्तले ९ चौकासहित १११ रन बनाए।
दोस्रो विकेटका लागि मोनांक र सुशान्तले दुई सय नौं रनको साझेदारी गरेका थिए।
यस्तै नोस्तुस केन्जीजेले ३४ रन बनाउँदा स्टेभेन टेलरले १६ रन बनाए।
आरोन जोन्स मात्र तीन रनमा आउट हुँदा राहुला जारीवाला र सौरभ नेत्राभाल्करले समान ४-४ रन बनाए।
ओमानका लागि खावर अलिले ३ तथा बिलाल खानले २ विकेट लिए।
यो जितसँगै अमेरिकाले जारी लिगमा २१ खेलबाट १० औं जित निकाल्दै २० अंक जोडेको छ। शीर्ष स्थानमा रहेको ओमानले ३३ खेलबाट ४० अंक जोडेको छ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२० घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



