रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज

म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोमाथि एक अमेरिकी महिलाले लगाएको बलात्कारको मुद्दा खारेज भएको छ।अमेरिकी न्यायाधीश जेनिफर डोर्सीले रोनाल्डोमाथि लगाईएको मुद्दा खारेज गरेका हुन्।

अमेरिकी शिक्षिकासमेत रहेकी ती महिलाले सन् २००९ मा लस भेगासको एक होटलमा रोनाल्डोले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्। उनले सन् २०१८ मा रोनाल्डोविरुद्ध मुद्दा दर्ता गरेका थिइन्।

तर आरोपित शिक्षिकाका वकिलले चुहावट र चोरीको रेकर्डको भरमा मुद्दा दर्ता गरिएको भन्दै अदालतले बलात्कार मुद्दा खारेज गरिएको हो ।

रोनाल्डोले भने सुरूदेखिनै बलात्कारको आरोप अस्वीकार गर्दै आईरहेका छन् ।

यस्तै बलात्कार मुद्दामा ती महिलाले रोनाल्डोसँग छुट्टै सम्झौता गरेको र ती आरोप सार्वजनिक नगरिने शर्तमा रोनाल्डोले ३ लाख ७५ हजार अमेरिकी डलर भुक्तानी गरिसकेको रिपोर्ट समेत बाहिर आएको थियो।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२० घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares