

लुम्बिनी हेल्थकेयरको बदमासी : ३० करोडको एमआरआई मेशिन प्रयोगबिहीन, बिरामीलाई सास्ती
वीरगंज । लुम्बिनी हेल्थ केयर प्रालिले ठेक्का हासिल गरी आपूर्ति गरेको एमआरआई मेसिन जडान र सुचारु नगरिदिंदा वीरगंजस्थित अस्पतालमा उपचारका लागि आउने विरामीहरूले सास्ती भोग्नु पर्ने अवस्था सिर्जना भएको छ ।
झण्डै ३० करोड मूल्य बराबरको एमआरआई मेशिन जडान गर्न अस्पतालबाट लुम्बिनी हेल्थ केयर प्रालिले २४ करोड ६ लाख ४६ हजार रुपैयाँ भुक्तानी लिइसकेर पनि सम्झौता अनुसार पाँच महिनादेखि उक्त मेशिन जडान नगर्दा अस्पतालमा उपचारका लागि आउने गम्भीर प्रकृतिका विरामीहरूले सास्ती बेहोरिरहेका छन् ।एमआरआई मेशिन संचालनमा नआउँदा दैनिक सात जना भन्दा बढी विरामी बाहिर निजी अस्पतालमा चर्को मूल्यमा एमआरआइ गराउनुपर्ने बाध्यताले विरामीलाई उपचारमा कठिनाईमात्र हुने नभई अस्पतालले मासिक १० देखि १२ लाखसम्म घाटा बेहोर्नुपरेको छ । त्यतिमात्र नभई एमआरआईका लागि बिरामीलाई बाहिर पठाउनुपर्दा अस्पताल व्यवस्थापनको सक्षमतामाथि आशंकामात्र नभई समयमा उपचार नहुँदा विरामीले अनेक क्षतिसमेत बेहोर्नुपरेका गुनासा आउन थालेका छन् ।
मानिसको स्वास्थ्यजस्तो संवेदनशील विषयमा उपकरणको व्यवस्थापन र संचालन दुरुस्त किन नराख्नुभएको ? भनेर नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्तालाई प्रश्न गर्दा उनले पाँच महिनाअघि नै श्री लुम्बिनी हेल्थ केयर प्रालिले अस्पतालमा मेशिन राखिदिएर ८० प्रतिशत रकम भुक्तानी लिइसकेको भए पनि उक्त मेशिनलाई बदनियतपूर्वक लक गरिराखेका कारण विरामीले सास्ती बेहोर्नुपर्ने अवस्था आएको स्वीकार गर्नुभयो ।अस्पताल स्रोतबाट प्राप्त जानकारी अनुसार एमआरआई मेशिन आपूर्ति तथा जडानका लागि श्री सुम्बिनी हेल्थकेयर प्रा.लि., काठमाडौं कम्पनी तथा यस नारायणी अस्पतालबीच २०७९ असार १९ गते भएको सम्झौता बमोजिम कुल सम्झौता रकम ३० करोड ८ लाख आठ हजार दुई सय रुपैयाँको ८० प्रतिशत रकम भन्सार बिन्दुमा मेशिन आएपछि तथा अस्पतालमा जडान भई सुचारु भएपछि २० प्रतिशत भुक्तानी एलसीमार्फत् युनाइटेड इमेजिन हेल्थकेयर मलेसियालाई भुक्तानी हुने भनिएको थियो ।
यसै सन्दर्भमा २०८१ जेठ ११ मा फेरि अन्तिम भुक्तानी रकम २० प्रतिशत रकमलाई १७ प्रतिशत र अन्तिम भुक्तानी ३ प्रतिशत हुने भनी संशोधन भएको थियो । त्यही अनुरुप अस्पतालले २४ करोड ६ लाख ४६ हजार पाँच सय ६० रुपैयाँ ठेक्का सम्झौता दरबमोजिम १७ प्रतिशत भुक्तानी हुने रकमको आयकर ऐन, २०१८ को दफा ८९ को उपदफा ३ मा कुनै बासिन्दा व्यक्तिले ठेक्का वा करार अन्तर्गत कुनै गैरबासिन्दा व्यक्तिलाई भुक्तानी गर्दा ५ प्रतिशतले करकट्टि गर्नुपर्ने व्यवस्था भए बमोजिम हालसम्मको भुक्तानी भएको रकम ८० प्रतिशत भुक्तानीको अग्रिम कर एक करोड २० लाख ३२ हजार तीन सय २८ रुपैयाँ भुक्तानी हुने रकम १७ प्रतिशत रकम पाँच करोड २२ लाख १९ हजार पाँच सय २२ रुपैयाँको अग्रिम कर २६ लाख १० हजार ९ सय ७६ रुपैयाँ गरी जम्मा अग्रिम कर रकम १ करोड ४६ लाख ४३ हजार ३ सय ४ रुपैयाँ सम्बन्धित पक्ष लुम्बिनी हेल्थकेयर प्रा.लि. बानेश्वरबाट दाखिला गराउनको लागि अस्पतालले ताकेता गर्यो । तर लुम्बिनी हेल्थकेयर प्रा.लि.ले नेपाल सरकारको कानून अनुसार फाइनल सेटलमेन्टमा बुझाउने तथा बेरुजुको दायित्व सिर्जना भएमा त्यसको जिम्मा लिने जनाए पनि हालसम्मको पूरै अग्रिम कर एवं विदेशी आयमा लाग्ने कर दाखिला गर्न अस्वीकार गर्दै आएको र मेशिनमा लगाएको लक नखोलिदिंदा सेवाग्राही विरामी मर्कामा परी उपचारका लागि महँगो दरका निजी हस्पिटल एवं वीरगंज बाहिर जानुपर्ने बाध्यता आइपरेको छ ।३० करोड मूल्यमा आपूर्ति गरिएको सो मेशिन संचालन नहुँदै वारेन्टी अवधि सकाउने तथा त्यसपछि त्यसको जवाफदेहिता आफूमा नरहने लुम्बिनी हेल्थकेयरको बदनियत देख्दा उक्त एमआरआई मेशिनको गुणस्तरीयतामाथि पनि आशंका उत्पन्न भएको छ ।
समाज
थप सामाग्री-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
२ दिन अगाडि
1.5kViews 418 Shares Share on Facebook Share on Twitter स्याङ्जा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)…



