सशस्त्र प्रहरी दिनदहाडै लुट्न धम्क्याउन कि सुरक्षा दिन ?

 

काठमाडौं  साउन २ ।तत्काल अवस्थामा विद्रोही भूमिगत माओवादी आन्दोलन दबाउने उद्देश्यले गठन गरिएको सशस्त्र प्रहरी बल गणतन्त्रको स्थापनासँगसँगै नेपाली सेनाको भूमिकामा उभिएको छ ।
देखावटी जिम्मेवारी नेपाली सेनाकै हैसियतमा भएता पनि व्यवहारमा भने कहीँकतै लाइसेन्सधारी लुटेराभन्दा फरक नपर्ने जस्तो देखिएको छ । अन्तराष्ट्र्यि नाकामा तैनाथी अर्थात् त्यहाँको सुरक्षा, विमानस्थल, भन्सारमा गस्ती, राजस्व छली नियन्त्रण, भिआईपीको सुरक्षा, कहीँकतै हुलदंगा वा आन्दोलन हुँदा पहिलो घेराको नेपाल प्रहरीलाई ‘व्याक फोर्स’लगायत आवश्यक शान्ति सुरक्षामा सशस्त्र प्रहरी खटाउने गरिएको अवस्था छ ।
तर, कहीँकतै भने सशस्त्र प्रहरीको काम बर्दीधारी लुटेराकै जस्तो देखिएको छ । यस्तो कार्यमा १ नम्बर प्रदेशका केही सशस्त्र प्रहरी निकै अगाडी देखिएका छन् । डीआईजी कमल गिरीको नामै लिएर उनीहरु उठ्तीपुठ्तीमा लागेको पाइन्छ ।
आईडी नम्बर १६११२ का असई सिक्रेन्द्र प्रसाद कुँवरको दैनिकी देख्दा लाग्छ, उनी बर्दीधारी लुटेरा हुन् । ३८ रिजर्भ गण, झापामा कार्यरत असई कुँवर छ महिनादेखि जोर-सिमल चेकपोष्टमा कार्यरत छन्, उनको धन्दा भनेकै भारतीय बोर्डरतिरबाट झापाका विभिन्न स्थान आउँदै गरेका यात्रुलाई धम्क्याएर रकम असुल्नु हो ।
‘कोभिड महामारीबाट तड्रिएर भरखर भरखर भारतीय पर्यटक भित्र्न लागेको अवस्था छ, तर यी असईको व्यवहारले यात्रुहरु दिक्क बन्छन्,’ झापाका ठूला मध्येका होटल म्यानेजरको गुनासो छ । ‘सिधैँ होटललाई धम्क्याउन नसकेर यहाँ आउने यात्रुलाई अनावश्यक दुःख दिने गरिएको छ । चेकजाँच नै गर्ने भए नाकामै गर्नु पर्छ, होटलकै अगाडी रोडमा अनावश्यक झन्झट दिनुको कारण के हो ?’ एक होटल मेनेजरको प्रश्न थियो ।
उनका अनुसार १ नम्बर प्रदेश डीआईजी कमल गिरीको नाम लिएर असई सिक्रेन्द्रले ठाडै मोलतोल गर्ने गर्छन् । स्वयम् सशस्त्रका अन्य प्रहरी अधिकारी समेत उनको व्यवहारबाट वाक्कदिक्क छन् । ‘डीआईजी सापले खटाएको हो होइन ? उहाँसँग सोध्नु पनि मिलेन, सोध्ने पनि कसरी ? उसको व्यवहारले सिंगो सशस्त्र प्रहरी पोष्ट नै बद्नामी बनिसक्यो,’ स्वयम् सशस्त्रकै एक साहायक हवलदारको गुनासो छ ।
‘नेपाल प्रहरीका अधिकारीसँग गुनासो गर्दा लिखित उजुरी माग्छन्, उजुरी के भनेर गर्ने ?’ अर्काे होटलका मेनेजरको गुनासो छ ।
हुनत सशस्त्र प्रहरीलाई नाकाको मात्र नभएर राजश्व छली गर्न सक्ने अवस्थालाई ख्याल गरेर हाइवे र अन्य सडकमार्गमा पनि चेकजाँचका लागि अधिकार दिइएको छ । तर, त्यसो भन्दैमा दुःखै दिन नियतका साथ कोभिड महामारीका कारण ठप्पै अवस्था पार गरेर भरखरै फस्टाउन थाल्दै गरेका होटलकै गेटमा चेकजाँचका नाममा यात्रुलाई अनावश्यक हैरानी दिन मिल्छ ? यस्ता गुनासा झापा-मोरडतिर प्रशस्तै उठ्न थालेका छन् ।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१६ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares