
उद्दारकर्मीको दयालु मन, “घाइतेको उद्दार पहिलो कर्तब्य”
काठमाडौं साउन ३ ।सोमबार विहान महाराजगन्ज, भाटभटेनी नजिकै भएको एक सवारी दुर्घटनाको विषयलाई केही मिडीयाले वास्तविकतालाई तोडमोड गर्दै अतिरञ्जित गर्न खोजेको देखिन्छ ।
हेलि उद्दारमा निपुण क्याप्टेन रामेश्वर थापा सवार प्रदेश ३–०१–०२२ च ४४३७ नम्बरको गाडीमा २ युवा सवार अनियन्त्रीत रुपमा हाँकेको प्रदेश ३–०२–००९ प १७८२ नम्बरको मोटर साइकल ठोकिन पुगेको थियो । घटनामा मोटरसाइकलमा सवार दुई व्यक्ति र सोही मोटरसाइकलको ठक्करबाट अर्का एक पैदलयात्री बालक घाइते भएका थिए ।
आफ्नो जिवन नै उद्दारमा बिताएका कार चालक थापाले घट्नामा कस्को गल्ती भन्दा पनि पहिलो कर्तब्य घाइतेको उपचार भन्ने सोचेर आफैँले एम्बुलेन्स बोलाए, विरामीलाई राखेर आफैँ अस्पताल पुगे। विरामीको उपचार प्रक्रियामा कुनै कमी नहोस् भन्दै चिकित्सकलाई अनुरोध गरे ।
प्रहरीका अनुसार मोटरसाइकलमा सवार विवेक अधिकारी र सुदीप खतिवडाको उपचार धापासीस्थित ग्राण्डी अस्पतालमा भइरहेको छ भने रुक्सल थापाको त्रि वि शिक्षण अस्पतालबाट डिस्चार्ज भइसकेको छ ।
अनियन्त्रीत मोटरसाइकलले कारलाई ठक्कर दिँदा भएको क्षती तर्फ ध्यानै नदिएर घाइतेको उद्दारलाई नै पहिलो कर्तब्य ठानेका थापाका सन्दर्भमा पछिल्लो समय मिडियाले अन्टसन्ट अतिरञ्जित समाचार पस्कीरहेको देखिन्छ । तर, दयालु भावनाका थापाले निर्वाह गरेको भुमिका प्रति भने विरामीका आफन्त नतमस्तक छन् । समयमै घाइतेको उद्दार भएको र उपचार प्रक्रिया सन्तोषजनक रहेकोमा उनीहरुको कुनै गुनासो छैनन् । तर, मिडीयाले भने ‘हाईप्रोफाइलको व्यक्ति भएकाले घट्नालाई गुपचुप पार्न खोजिएको’ भन्दै दुर्घटनालाई नै नियोजित जस्तो बनाउन तल्लिन छन् ।स्मरणीय छ, क्याप्टेन थापा आफैँ ठूला मिडीयाका लगानीकर्ता हुन् ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१६ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



