
राष्ट्रिय अनुसन्धान विभागद्वारा फोन ट्यापिङ सुरु
नेपालको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ सुरु गरेको छ। नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको ‘मुभमेन्ट’ बढेको भन्दै उसले फोन ट्यापिङ गर्न थालेको हो। राष्ट्रिय अनुसन्धान विभागमा रहेका मेसिनलाई सक्रिय बनाइएको छ। केही समययता विदेशी सुरक्षाकर्मी आउने र नेपालका राजनीतिक दल तथा सुरक्षा निकायका व्यक्तिसँग भेटघाट बढाउने गरेका कारण फोन ट्यापिङ मेसिन सक्रिय बनाउनुपरेको हो’, अनुसन्धान विभागका एक अधिकारीले भने । ती अधिकारीका अनुसार दुई महिनायता सो मेसिन सक्रिय छ। भारत तथा चीनका अधिकारीहरू गुपचुप रूपमै नेपाल आउनेजाने गरेकाले पनि सम्भावित व्यक्तिहरूसँगको भेटघाट र कुराकानीलाई लक्षित गरेर फोन ट्यापिङ सुरु गरिएको स्रोतले जनाएको छ। फोन ट्यापिङसम्बन्धी कानुन नबनेको अवस्थामा विभागले यसलाई औपचारिक रूपमा प्रयोग गर्न भने पाएको छैन । बेलाबखत भने यो मेसिन प्रयोग गरिँदै आएको स्रोतको दाबी छ। नेपालमा प्रतिआतंकवाद सेल नभएका कारण पनि सरकारले यस्ता विषयमा कानुन बनाएर फोन ट् यापिङ गर्न दिनुपर्ने विभागको माग छ। आजको नागरिक दैनिकमा समाचार छ ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२२ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



