
हाम्रो यात्रा अब दोस्रो वर्षमा
रामशरण काफ्ले
पाइला-पाइलाको यात्राले नै गन्तब्यमा पुग्ने हो । ‘जनरक्षा डटकम’को यो दोस्रो वर्षको पाइला पनि गन्तब्यतर्फ नै लक्ष्यित छ । पाठकको माया खोज्न ‘जनरक्षा डटकम’ भौँतारिरहेको छ ।
प्रजातन्त्रको स्थापनापछि व्यापक हुँदै गएको नेपालको पत्रकारिताले गणतन्त्रको स्थापनापछि त एक प्रकारको फड्को नै मारिरहेको छ । पाठकको संख्याभन्दा सञ्चार माध्यामको संख्या बढी भइरहेको वर्तमान सन्दर्भमा समाचारमा विश्वसनियताको मापन नहुँदा र स्तरीय एवम् पठनिय सामाग्री पस्कने मिडीयाको समेत कमीले पनि पाठकको मन बिझाउनु स्वभाविकै हो । मिडीयाका नाममा ‘च्याउ सरी उम्रेका’ अनलाइन पत्रकारिताले समाचार पस्कने सन्दर्भमा ‘को पहिला ?’ को अस्वस्थ प्रतिस्पर्धामा उत्रिँदा समाचारको पुस्ट्याइँ नहुनु ‘धमिलो पानीमा माछा मार्न खोज्ने’ तत्वलाई बल मिलेको छ ।
मिडीया सञ्चालन आफैँमा दुरुह काम हो । योे मर्म पाठकहरुलाई भन्दा मिडीयाका सञ्चालक र प्रकाशनमा संलग्न सञ्चारकर्मीलाई बढी थाहा छ । स्तरीय एवम् विश्वसनिय समाचार, लेख-रचना जस्ता पठनिय सामग्रीको अपेक्षा पाठकहरुको नैसर्गिक अधिकार हो । तर, त्यस अनुसारको मिडीया प्रकाशनमा ल्याउन लाग्ने परिश्रम र लगानीको सीमितताले छेकवार लगाइदिन्छ । इच्छा हुँदाहुदै पनि पाठकका सामु चाहे अनुसारको सामग्री हात पार्न सकिँदैन । ‘जनरक्षा डटकम’ पनि पाठककै माया र सहयोगमा वयष्क हुने आशाको त्यान्द्रोमा छ ।
जनरक्षा सााप्ताहिकका रुपमा दर्ता भएर प्रिन्ट मिडीयाका रुपमा पाठकको खुराक बन्दै आएको ‘जनरक्षा’ डिजीटल मिडीयाका कारण झंझटीलो छपाईं एवम् वितरण प्रक्रियाले गर्दा अनलाईन प्रकाशनका रुपमा मात्र अबका केही दिन पाठक माझ झुल्कने छ । हामीले नचाहेरै पनि प्रिन्ट प्रकाशन हालका लागि स्थगन गर्न बाध्य भएका छौं । र, ‘जनरक्षा डटकम’लाई अझ सशक्त रुपमा अघि बढाउने प्रतिवद्धताका साथ सञ्चारकर्ममा होमिएका छौं । हाम्रो यस अभियानमा प्रत्यक्ष-अप्रत्यक्ष सहयोग पुरयाउनु हुने महानुभाव, विज्ञापनदाता, लेख-रचना सामग्री उपलब्ध गराउनु हुने सर्जकहरु, हौसला दिने बन्धुहरु प्रति ‘जनरक्षा’ परिवार ऋणी छ । मिडीया प्रकाशनमा ईष्र्या गर्नेहरु र दुरुत्साह गर्नेहरुको पनि कमी छैन । सहयोगका नाममा मौखिक आश्वासन र उद्धारका शब्द खचिर्नेहरु पनि नभएका होइनन् । तैपनि पाठक सामु जे-जस्तो रुपमा भए पनि ‘जनरक्षा’को डिजीटल अंक पस्किरहेका छौं । हामी गर्व गछौं र आगामी दिनमा थप परिस्कृत भएर पाठक सामु उपस्थित भइरहनेछौं । र, हालका लागि स्थगित गरिएको प्रिन्ट प्रकाशनलाई यथासक्य छिटो यहाँहरु माझ पस्कने पनि प्रण गर्दछौं ।
‘जनरक्षा डटकम’ तपाईहरुकै हो । यस अनलाईनमा के कस्ता सामग्रीले ठाउँ पाउनु पर्छ भनेर आलोचना, समालोचना र सुझावलाई हामी सकारात्मक ढंगले ग्रहण गर्ने छौं । सहयोगी र शुभेच्छुकबाट पनि सदैव सद्भावनाको अपेक्षा गर्दछौं ।
पारदर्शिता वर्तमान युगको माग र अनिवार्य शर्त हो । सरकार वा कुनै प्रतिष्ठान वा सार्वजनिक व्यक्तित्वका बारेमा जनता जनार्दनले जान्न पाउनै पर्छ । नेपालको लोकतान्त्रिक संविधान २०७२ ले प्रदान गरेको मौलिक हक र सूचना पाउने र सुसूचित हुने अधिकारको प्रयोगका लागि ‘जनरक्षा डटकम’लाई कोशेढुंगा बनाउने हाम्रो अभिष्ट हो । मुलुकमा स्थापित लोकतान्त्रिक गणतन्त्रको प्रवद्र्धनमा चौथो अंगका रुपमा मान्यता प्राप्त प्रेस जगतको भूमिका प्रति सचेत रहँदै ‘जनरक्षा’ आफ्नो यात्राको दोस्रो वर्षमा अगाडी बढेको छ । हाम्रो गन्तब्य नै पाठकको माया र सन्तुष्टी हो । हाम्रो यात्राप्रति ‘शुभाषिश’ मात्र प्राप्त भएमा अवश्य नै हाम्रो यात्रा अविराम हुनेछ । हाम्रा खोट र त्रुटी अनगिन्ती हुन सक्छन्, तैपनि प्रयासका रुपमा पाठकहरुबाट क्षमाको भिक्षा माग्दै आगामी दिनमा सुधार गर्दै जाने प्रयास गर्नेछौं ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२१ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



