
सार्वजनिक यातायातमा अब कार्डबाटै भाडा
सार्वजनिक यातायातमा नगदरहित अर्थात् अब कार्डबाट भुक्तानी दिन मिल्ने भएको छ । सरकारले विकसित देशमा जस्तै संघीय राजधानी काठमाडौं उपत्यकामा पनि कार्डबाटै भाडा दिने मिल्नेगरी व्यवस्था तयारी गरेको हो ।बाग्मती प्रदेशअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीसाधनमा नगदरहित भुक्तानी प्रणाली लागू हुनेछ । मन्त्रालयले विकसित मुलुकमा जस्तै यात्रा गरेको दूरीअनुसार कार्डबाटै भाडा भुक्तानी गर्ने प्रणाली लागू गर्ने तयारी गरिरहेको जनाएको छ ।
मन्त्रालयले कार्डरहित नगदप्रणालीका लागि उपकरण जडान तथा प्रणाली सञ्चालनका लागि सिलबन्दी प्रस्तावसमेत गरिसकेको छ ।
प्रत्येक सार्वजनिक गाडीमा ‘डिभाइस’ जडान र सोही ‘डिभाइस’मा यात्रुले कार्ड ‘स्वाइप’ गरेर भाडा भुक्तानी गर्न मिल्ने व्यवस्था गर्ने तयारी छ । यसका लागि प्रदेश सरकारले सुरु चरणमा काठमाडौं उपत्यकामा यो व्यवस्था लागू गर्ने तयारी गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२२ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



