

पत्रकार महासंघ उपत्यका प्रदेशमा टेनिस रोक नेतृत्वको सिङ्गो प्यानल निर्वाचित
काठमाडौं, मङ्सिर ३० गते । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको अध्यक्षमा टेनिस रोका (टेकबहादुर रोका) निर्वाचित हुनुभएको छ । उपत्यका प्रदेश निर्वाचन समितिले शुक्रबार सम्पन्न मतदानको अन्तिम परिणाम आइतबार दिउँसो सार्वजनिक गरेको हो । महासंघको उपत्यका प्रदेश अन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला शाखाका मतदाताले मतदान गरेर नयाँ नेतृत्व चयन गरेका हुन् । अध्यक्ष पदमा निर्वाचित रोकाले ६४८ मत ल्याउनु हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी मोहनप्रसाद पन्तले ४१० मत पाउनुभएको छ ।

अध्यक्षका अर्का उम्मेदवार शिव बस्नेतले ९३ मत पाउनुभएको छ । उपत्यका प्रदेशको उपाध्यक्षमा रोजिना थापा ६८३ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कालिकाबहादुर महतले ४१६ मत पाउनुभएको छ । उपाध्यक्ष महिलातर्फ रमा न्यौपाने ६८८ मतसहित विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी सतिदेवी उप्रेतीले ३६३ मत पाउनुभयो । महासचिव पदमा आशिष गुरागाईं ५६७ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी रामचन्द्र दुलालले ५०९ मत पाउनुभएको छ ।
उपत्यका प्रदेशको सचिव पदमा अजित अधिकारी ६३१ मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी अमिर लामा स्याङ्बोले ४४४ मत पाउनुभएको छ । समावेशी सचिवतर्फ प्रविण श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले ६१९ मत पाउनुभएको हो । उहाँका प्रतिद्वन्द्वी मोहन वल्लले २६३ मत ल्याउनुभएको छ । कोषाध्यक्षमा सन्जिप घिमिरे निर्वाचित हुनुभएको छ । उहाँले ४७७ मत पाउँदा उहाँका प्रतिस्पर्धी नीरज रञ्जीतले ३५२ मत पाउनुभएको छ ।त्यसैगरी, खुला ६ जना सदस्यमा घनश्याम अधिकारी (वैरागी जेठा), चन्द्रजित मोक्तान, भिमराज खड्का, रनसुर महतारा, रामशरण काफ्ले र रोशन क्षेत्री विजयी हुनुभएको छ । महिला तीन जना सदस्यमा उमा शर्मा, विष्णुकुमारी पौडेल र रमिला पोखरेल (योञ्जन) निर्विरोध निर्वाचित हुनुभएको छ । दलित सदस्यतर्फ लिलामाया नेपाली विजयी हुँदा जनजाती सदस्यमा शैलेस डंगोल र सुरेश सायजु विजयी हुनुभएको छ । मधेशी र अल्पसंख्याक सदस्यमा क्रमश प्रदिप मण्डल र भक्ति शाह निर्विरोध निर्वाचित हुनुभएको छ ।
समाज
थप सामाग्री-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
२ दिन अगाडि
1.5kViews 418 Shares Share on Facebook Share on Twitter स्याङ्जा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)…



