प्रधानमन्त्री देउवालाई खोकी लागेपछि…

२७ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुक्रबार युवा परिषद्ले काठमाडौंमा एक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा प्रधानमन्त्री देउवा पनि सहभागी भए र उनले मन्तव्य पनि राखे । लिखित मन्तव्य राखेका देउवालाई बोल्ने क्रममा खोकीले निक्कै नै सतायो ।

जम्मा ५ मिनेट बोलेका देउवलाई बोल्न सुरु गरेको साढे ३ मिनेटमै खोकी लाग्न थालेको थियो । खोकी लागे पनि देउवाले खोक्दै‍–रोकिँदै लिखित मन्तव्य वाचन गरिरहे ।उनले खोकीले असहज भएरै झण्डै २ मिनेटसम्म बोले र लगातारको खोकीका वावजुद पनि प्रधानमन्त्री देउवाबाट मन्तव्य पूरा गरे । मन्तव्यमा देउवाले देशमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताए ।‘युवालाई जीवन उपयोगी सीप र सिकाई स्वदेशमा नै सहज रुपमा जीवीकोपार्जन गर्नसक्ने बनाउन खाँचो रहेको छ । त्यसको लागि अन्तर पुस्ता सीप ध्यान हस्तानान्तरण लगायतका कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने देखिएको छ’, देउवाले भने ।यो समाचार अनलाइन खबर बाट साभार गरिएको हो ।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
९ घण्टा अगाडि

2.5kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares