हेली नेपालको नाममा ठगी धन्दा, अरबौं कालो धन भित्र्याउँदै अमिर

काठमाडौं । अमिर प्रधान रसियामा झण्डै ३० वर्ष बसेर नेपाल फर्किएका व्यक्ति हुन् । अमिरको लवाइ–खवाइ झलक्क हेर्दा व्यक्तित्व अनि सुटेटबुटेट ! सामान्यदेखि ठूला व्यापारी, कर्मचारी र हाई प्रोफाइलका मानिस जो–कोहीले पनि विश्वास नगर्ने कुरै हुँदैन । अमिरका ठूला–ठूला कुरा, कुरा गर्दै जाँदा कोठाभरि हरिया डलरका फोटा, हाईफाई र शान ! कुरा गरी साध्यै छैन ।
तर अमिर पीडित एक व्यापारीका अनुसार, यस्तो आवरणमा अमिर प्रधानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एयरपोर्टअगाडि मकालु एयरको पूरा घर भाडामा लिएर हेली नेपालको बोर्ड झुण्ड्याई अनेक प्रकारका ठगी गरिरहेका छन् । उनले २०७८।०६।१९ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हेली साकेत प्रा.लि.लाई केही महिनामै नाम परिवर्तन गराएर हेली नेपाल प्रा.लि. कायम गराएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयमा नाम परिवर्तन गराउँदा कम्पनीको सम्पूर्ण दायित्व व्यहोर्न भनेर कागज गरेका छन् । तर, त्यस बेलाका पीडित पीडित नै छन् । ‘विभिन्न बहानामा व्यक्तिहरुसँग करोडौं रकम उठाएका अमिरले अहिले सम्पर्कमा पनि आउँदैनन्,’ अर्का एक व्यक्तिले भने । मान्छेलाई जालमा पार्न माहिर अमिरले रसियामा कोठाभरि डलर भएको फोटो र भिडियो देखाउँछन् । नेपालमा दर्ता भएको हेली नेपालको केही सेयरमात्र आफूले राखेर सुनिता रानाको नाममा सबै सेयर राखेका छन् । अमिरले बेलाबेलामा रसियाबाट भरिया मार्फत् डलर पनि झिकाउने गरेको स्रोतले बताएको छ । उनले कहिले हेलीको नाममा ठगेका छन् भने कहिले डलरको नाममा ठगेका छन् । रसियामा भएको डलर नेपाल ल्याउने र विभिन्न सेक्टरमा लगानी गर्नेलगायतका आश्वासन दिएर कयौं व्यक्तिसँग पैसा उठाएको र अहिले सम्पर्कमा नआउने गरेको एक पिडितले बताएका छन् ।
सुरुमा केही थान हेलिकप्टर ल्याएर देखाएको पनि समाचार स्रोतले बताएको छ । अहिले नागरिक उड्डयन प्राधिकरणबाट हेलिकप्टर सञ्चालनको अनुमति पाउनका लागि करोडौं रुपैयाँ बुझाउनुपर्ने भएकोले पैसाको व्यवस्थापनमा लाग्नुपरेको भन्दै अमिरले पैसा कलेक्सनमा लागेको बताइएको छ । अमिरले ५ लाखभन्दा बढी रुपैयाँमा भाडामा लिएको मकालु एयरको घरभाडा, स्टाफलगायत अन्य खर्चको स्रोत के हो ? यो पनि खोजिको विषय बनेको छ । यस सम्बन्धमा अमिरसँग पटक–पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । आफूलाई अफिसको एकाउण्ट स्टाफ बताउने एक महिलाले आफूसँग कुरा गर्न भन्दै अफिस भर्खर स्थापना भएकोले अफिसका सबै कुरा आफूलाई थाहा नभएको बताउँदै अमिरसँग फोन आएको बारे जानकारी गराउने बताइन् ।

 

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१७ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares