
सातामा प्रतितोला १८०० ले घट्यो सुनको मूल्य
यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साता सुनको भाउ १८ सयले घटेको हो ।गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो । जुन, १८ सय रुपैयाँले घट्दै यो साताको शुक्रबारसम्म आइपुग्दा ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, गत साताको शुक्रबार तेजाबी सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ थियो । जुन, यो साता ९५ हजार रुपैयाँ कायम भएको छ ।
यो साता आइतबार तोलामा ५०० ले मूल्य बढ्नु बाहेक अन्य सबै कारोबार दिन घटेको छ । सोमबार ४०० ले घटेको सुनको मूल्य मंगलबार ७०० रुपैयाँले घटेको थियो । यस्तै, बुधबार ५०० रुपैयाँ, विहीबार ३०० र शुक्रबार ४०० रुपैयाँले घटेको हो ।
यसैगरी, यो साता चाँदीको मूल्यमा ४० रुपैयाँको गिरावट आएको छ । गत साताको शुक्रबार प्रतितोला १२ सय २५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा ११ सय ८५ रुपैयाँ कायम भएको छ ।यो समाचार रातोपातीबाट साभार गरिएको हो ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१८ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



