
नेपालबाट ३ करोडको रुद्राक्ष निर्यात
गत आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ३ करोड ३२ लाख रुपैयाँको रुद्राक्ष निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार एक वर्षको अवधिमा उक्त मूल्य बराबरको रुद्राक्ष निर्यात भएको हो ।विभागका अनुसार नेपालबाट गत वर्ष ८ लाख १६ हजार ३८६ किलोग्राम रुद्राक्ष निर्यात गरेको छ । नेपालबाट निर्यात हुने रुद्राक्ष विश्वका ३ वटा देशले किन्ने गरेका छन् । चीन, भारत र अमेरिकाले नेपालबाट रुद्राक्ष किन्ने गरेको विभागले जनाएको छ । जसमध्ये भारतले १ करोड ६१ लाख ८६ हजार रुपैयाँको रुद्राक्ष निर्यात भएको छ । यस्तै, अमेरिकामा १ करोड २९ लाख ५७ हजार रुपैयाँको रुद्राक्ष निर्यात हुँदा चीनतर्फ ४१ लाख ३८ हजार रुपैयाँको रुद्राक्ष निर्यात भएको छ ।यो समाचार रातोपातीबाट साभार गरिएको हो ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१५ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



