
केन्यासँग भिड्दै नेपाल
नेपाल र केन्याबीचको क्रिकेट सिरिज आजदेखि सुरू हुँदैछ। नेपाली टिमका ११ सदस्य दुई दिनअघि केन्या पुगेका थिए। भिसाका समस्याका कारण बाँकी पाँच खेलाडी पनि आजको खेलअघि मात्र नैरोबी पुग्दैछन्।
नेपाल र केन्याबीचको खेल नेपाल समयअनुसार अपरान्ह ३:४५ बजे सुरू हुनेछ। खेल नेपालका लागि टी-२० वरीयता सुधार गर्न र नयाँ प्रशिक्षक मनोज प्रभाकरलाई नेपाली खेलाडी चिन्न महत्वपूर्ण हुने विश्वास गरिएको छ।
नेपाल र केन्याबीच टी-२० मा ९ वर्षपछि भिडन्त हुन लागेको हो। यसअघि नेपाल र केन्या सन २०१३ को टी-२० विश्वकप छनोटमा प्रतिस्पर्धा गरेका थिए। शरद भेषवाकरले उत्कृष्ट फिनिसिङ गर्ने क्रममा अन्तिम ओभरमा तीन छक्कासहित २० रन प्रहार गरेपछि खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो।
एकदिवसीयमा भने नेपाल र केन्या तीन वर्षअघि भिडेका थिए।
प्रशिक्षक प्रभाकरले जिम्मेवारी सम्हालेसँगै नेपालले केन्यामा पाँच टी-२० र तीन एकदिवसीय खेल खेल्न लागेको हो।
नेपालले पहिलो आज पहिलो टी–२० खेल्दा दोस्रो खेल भदौ १० गते खेल्नेछ भने तेस्रो खेल भदौ १२ गते खेल्नेछ।
चौथो खेल भदौ १३ र अन्तिम खेल भदौ १४ गते खेल्नेछ।
यस्तै तीन एकदिवसीय खेलमा नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते खेल्नेछ।
नेपाली टोलीमा कप्तान लामिछानेसँगै उपकप्तान पौडेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद, पवन सरार्फ, साहब आलम, किशोर महतो र विवेक यादव छन्।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२१ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



