
बार्सिलोनाको सानदार जित, तेस्रो स्थानमा उक्लियो
बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ। क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा गएराति रियल भालाडोलिडमाथि ४–० को फराकिलो जित निकालेको हो।
बार्सिलोनालाई जिताउन रोबर्ट लेवान्डोस्कीले दुई तथा पेड्रो र सर्जी रोबर्टोले समान एक-एक गोल गरेका थिए।
खेलको २४औं मिनेटमा लेवान्डोस्कीको गोल गर्दै बार्सिलोनालाई सुरूआती अग्रता दिलाएका थिए। ४३औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २-० ले अग्रता दिलाए।
खेलको ६४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। त्यसपछि इन्ज्युरी समयमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ४–० को सहज जित दिलाए ।
यो जितसँगै ला लिगामा बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ। अपराजित रहेको बार्सिलोना पहिलो खेलमा रायो भालेकानोसँग बराबरीमा रोकिएको थियो।
त्यसपछि लगातार दोस्रो जितसँगै बार्सिलोना तीन खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। पराजित रियल भालाडोलिड १ अंक जोडेर १९औं स्थानमा छ। एजेन्सी
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२१ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



