

श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ
श्रीमतीको हत्या गरेको आरोपमा रुकुम पश्चिम प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मंगलबार राति ३० वर्षीया देविका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा उनका श्रीमान ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकी पक्राउ परेका हुन्।
जिल्लाको चौरजहारी नगरपालिका–३ टाटागाउँका चन्द्रले राति घरमै श्रीमतिको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश विष्टले बताए।
स्थानीयले घटनाबारे जानकारी दिएपछि राति नै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दिपेन्द्र रावतको नेतृत्वमा खटिएको टोलीले चन्द्रलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी पनि बरामद भएको जानकारी दिएको छ ।
डिएसपी बिष्टकका अनुसार आपसी विवादपछि श्रीमानले श्रीमती माथि खुकुरी प्रहार गरेको कुरा प्रारम्भिक अनुसन्धान बाट खुलेको जानकारी दिए ।
श्रीमान – श्रीमतीका बीचमा यसअघि पनि पटक / पटक झगडा हुने गरेको कुरा खुल्न आएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान हुने प्रहरीले बताएको छ ।शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



