पहिरोले पासाङल्हामु राजमार्ग अवरुद्ध

१८ असार, काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका चार ठाउँमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ ।

गोसाइँकुण्ड गाउँपालिका–२ का तातोपानी डाँडा, बालुवाखानी, फ्याङलुङ र लिङलिङमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो ।

तातोपानी डाँडा र बालुवा खानीमा आज बिहान करिब ५ बजेतिर पहिरो खसेको थियो । पहिरो खसेको ठाउँमा इलाका प्रहरी कार्यालय टिमुरेबाट प्रहरी नायव निरीक्षक धनबहादुर तामाङ नेतृत्वको टोली खटिएको छ ।बाटो खुलाउनका लागि रसुवागढी हाइड्रोपावरसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । पहिरो झरेको स्थान इलाका प्रहरी कार्यालय टिमुरेबाट अन्दाजी ३ किलोमिटर दक्षिणमा पर्दछ ।यसैगरी फ्याङलुङ र लिङलिङमा बिहान करिब ३ बजेतिर पहिरो खसेको थियो । सो ठाउँमा स्याफ्रुबेंशीबाट प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर थापा नेतृत्वको टोली खटिएको छ । सो टोलीले पनि बाटो खुलाउन पहल गरिरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
104 Shares