

मन्त्रीको घुस लेनदेन प्रकरण : सत्तापक्षबाटै छानबिनको माग, सुशासनको प्रतिबद्धतामाथि नै प्रश्न
काठमाडौं । नियुक्ति र सरुवाका लागि घुस डिल गरेको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमिसुधारमन्त्री बलराम अधिकारी विवादमा तानिएका छन् । मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा थमौती र भूमि आयोगको सदस्यमा बनाउन घुस लिएको दाबीसहित अख्तियारमा उजुरी परेको छ । यही विषयलाई लिएर आज संसद्मा सांसदहरूले प्रधानमन्त्रीको समेत जवाफ माग गरे ।
सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस लिएको भन्दै गत असार १० गते उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धानमा आयोगले अनुसन्धान अघि बढाएको छ । उजुरीमा गुप्ताले गत वर्षको पुसमै कास्कीस्थित मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको थमौती गरिदिने भन्दै ५३ लाख घुस लिएको आरोप लगाइएको छ ।
कास्कीका घरजग्गा व्यवसायीमार्फत असुल गरेको रकमको नोट नम्बर समेत उल्लेख गरेर प्रमाण उपलब्ध गराइएको छ । त्यसो त भूमि आयोगको सदस्य बनाउन थप २५ लाख रुपैयाँ डिल गरेको आरोप पनि मन्त्री गुप्तामाथि लागेको छ । सार्वजनिक भएको अडियोमा गुप्ताले नियुक्तिका लागि भूमिसुधारमन्त्री बलराम अधिकारीले पैसा लिइसकेको बताएका छन् ।
अनुसन्धानमा संलग्न अख्तियारका अधिकृतका अनुसार मन्त्री गुप्ताले पैसाको कारोबार गरेको प्रमाण संकलन र सरुवा र नियुक्ति गर्ने भनिएका कर्मचारीको बयान समेत लिएर थप कारबाही अगाडि बढाउने तयारी भइरहेको छ । यसै विषयलाई लिएर आइतबारको संसद् बैठकमा सांसदहरूले घुस लिएको र डिल गरेको आरोप लागेका मन्त्रीमाथि छानबिन गरेर कारबाही गर्न माग गरे ।
विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको समेत जवाफ माग गरेका छन् ।
सरकारले भने मन्त्रीको घुस प्रकरणमा अहिलेसम्म केही प्रतिक्रिया दिएको छैन । अख्तियारले अनुसन्धान गरिरहेको भए पनि आरोपी दुवै मन्त्रीमाथि नैतिक र कानुनी प्रश्न उठेको छ । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका सांसदले पनि दुई मन्त्री मुछिएको घटनामाथि अनुसन्धान गर्नुपर्ने बताएका छन् ।
देशका दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बनेको ठीक एक वर्ष पुग्दा मन्त्रीहरू घुस र भ्रष्टाचारको आरोपमा मुछिएका छन् । भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयकै पदाधिकारीहरूमाथि अनुसन्धान चलिरहँदा अर्को घुसको अर्को प्रकरण सार्वजनिक हुनुले सरकारको सुशासनमाथिको प्रतिबद्धतामाथि नै प्रश्न उठेको छ ।
यसैबीच संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस प्रकरणको छानबिनमा सघाउन आफू तयार रहेको बताउनुभएको छ ।
प्रतिक्रिया दिँदै मन्त्री गुप्ताले यो प्रकरणमा आफू निर्दोष रहेको दाबी समेत गर्नुभयो । उहाँले सार्वजनिक भएको भनिएको अडियोमा बोल्ने व्यक्ति आफू नभएको र आफूलाई कसैले पनि कुनै रकम नदिएको प्रतिक्रिया दिनुभयो । संसद्मा राजीनामा मागिएको विषयमा उहाँले कसैले भन्दैमा र कसैले माग्दैमा राजीनामा नदिने समेत जिकिर गर्नुभयो । पार्टीले निर्णय गरेर निर्देशन दिए आफू राजीनामा दिन तयार रहेको समेत उहाँले बताउनुभयो ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



