

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण
म्याग्दी । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८१–८२ मा सञ्चालन भएका योजनामार्फत चार दशमलव ३१ किलोमिटर पदमार्ग निर्माण भएको छ ।
गत वर्ष कार्यालयले सञ्चालन गरेका पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १० वटा योजनाका लागि रु एक करोड २० लाख विनियोजन भएकोमा रु ९६ लाख २९ हजार ८७६ खर्च भएको छ ।
योजनामार्फत पर्यटकीयस्थलमा पक्की र कच्ची पदमार्ग, विश्रामस्थल, आश्रयस्थल, पर्खाललगायतका पूर्वाधार निर्माण भएको कार्यालयका प्रमुख अमृत कँडेलले जानकारी दिए ।
सबै योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका हुन”, उनले भने, “प्रतिकूल भूगोल, मौसम र उपभोक्ताको ढिलासुस्तीका कारण पूरा काम नभएका योजनाको प्राविधिक नापजाँचका क्रममा भएको मूल्याङ्कनअनुसार भुक्तानी गरेका छौँ ।” पर्यटकीय पूर्वाधार बनेपछि पर्यटक, स्थानीयवासी र पर्यटक मजदुरलाई आवतजावतमा सहज भएको छ ।
धौलागिरि गाउँपालिका–५ को मल्कवाङ डाँडाकटेरी रिरावर हुँदै ग्यासखार जोड्ने एक हजार ४६० मिटर पदमार्ग र सिँढी निर्माण भएको छ । रघुगङ्गा गाउँपालिका–७ स्थित कालीबराह मन्दिर हुँदै धौलागिरि आइसफल जोड्ने ८५० मिटर ढुङ्गाको सिँढीको पदमार्ग निर्माण भएको छ ।
रघुगङ्गा गाउँपालिका–२ भगवतीको माँझखर्कदेखि ओखरबोट हुँदै साझपानी जोड्ने ४१० मिटर, दग्नामको नागीदेवी मन्दिर जोड्ने २९० मिटर, बिम तल्लोगाउँमा २९० मिटर, अन्नपूर्ण गाउँपालिका–५ खोप्रालेकमा ५५० मिटर र बेनपा–६ को थाकनपोखरी भेटनरी कार्यालय हुँदै एकपाटे मन्दिर जोड्ने ३५० सिँढी र ढलान गरेको पदमार्ग निर्माण भएको छ ।
रघुगङ्गा गाउँपालिका–३ मा रहेको गायत्री मन्दिरमा पर्खाल निर्माण र रङरोगन, बेनी नगरपालिका–७ को बराहपाखोमा उद्यान र बेनी नगरपालिका–२ ज्यामरुककोटमा ध्यानआश्रम निर्माण भएको कार्यालयका इञ्जिनियर सुमन बोगटीले बताए ।
नयाँ पर्यटकीय गन्तव्यको रूप्मा विकास भएको खोप्रा लेकमा पदमार्गको साथै आश्रयस्थल, पदमार्गमा रेलिङ, खानेपानीको पाइप व्यवस्थापन भएको छ । नागीदेवी मन्दिरमा दुई वटा चौतारी र १०० मिटर तारजालीले घेराबार गरिएको छ ।
बिम तल्लोगाउँमा ढल व्यवस्थापनका लागि पक्की नाला र त्यसमाथि पदमार्ग बनाइएको छ । बराहपाखोको शान्तिपार्कमा पर्खाल, रेलिङ, ढुङ्गा छपाउन जमिनमा ढलान र फलामको बेञ्च राखिएको छ । रासस
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



