

तनहुँमा नाबालक परिचयपत्र लिने बालबालिकाको सङ्ख्यामा बृद्धि
तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँबाट नाबालक परिचयपत्र लिने बालबालिकाको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । अभिभावक वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै गएसँगै बसाइँसराइ गर्नेगरी परिचयपत्र लिने बालबालिकाको सङ्ख्यामा बृद्धि भएको हो ।
जिल्ला प्रशासन कार्यालको तथ्याङ्कका अनुसार आर्थिक वर्ष २०८१–८२ मा दुई सय ९३ बालिका र तीन सय १३ बालक गरी छ सय छ बालबालिकाले नाबालक परिचयपत्र लिएका थिए । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले छ सय जनाले नयाँ नाबालक परिचयपत्र लिएका छन् भने छ जनाले प्रतिलिपि लिएका जानकारी दिए । अभिभावक बैदेशिक रोजगारीमा गएपछि परिवारलाई लैजाने क्रमसँगै नाबालक परिचयपत्र लिने बालबालिकाको सङ्ख्या विगतका वर्षमा भन्दा बढेको जनाइएको छ ।
आव २०८०–८१ मा पाँच सय २९ बालबालिकाले नाबालक परिचयपत्र लिएका छन् । सो अवधिमा पाँच सय १५ बालबालिकाले नयाँ नाबालक परिचयपत्र लिएका थिए भने १४ जनाले प्रतिलिपि लिएका कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आव २०७९–८० मा चार सय ३९ बालबालिकाले नाबालक परिचयपत्र लिएका थिए । कोभिड महामारीका कारण वैदेशिक रोजगारीमा जाने क्रम यस्तो परिचलपत्र लिनेक्रम कम भए पनि पछिल्लो समय बढ्ने क्रममा रहेको छ ।
आव २०७८/७९ मा दुई सय ७८, आव २०७७/७८ मा एक सय ८६ बालबालिकाले नाबालक परिचयपत्र लिएका तथ्याङ्कमा उल्लेख छ । अभिभावकसँगै बालबालिकाको पनि बसाइँसराइ हुने भएकाले नाबालक परिचयपत्र लिने बालबालिकाको सङ्ख्या बृद्धि हुनसक्ने प्रजिअ अधिकारीले बताए ।
उनका अनुसार बालबालिकासहित स्वदेशभन्दा बढी वैदेशिक बसाइँसराइ बढ्दो क्रममा छ । यसले नाबालक परिचयपत्र लिने बालबालिकाको तथ्याङ्क नै बढिरहेको छ । स्वदेश केही पनि छैन भन्ने भ्रमले पनि पूर्ण रूपमा बसाइँसराइ गर्नेगरी नाबालक परिचयपत्र बनाउने क्रम बढेको छ ।
उनले भने, “सामाजिक सञ्जाललगायत एकापसमा कुराकानी गर्दा नेपालमा केही छैन भन्ने नकारात्मक सोचले विक्षिप्त भएर विदेशिने क्रम बढेको छ । जसले तथ्याङ्कमा बालबालिकाको नाबालक परिचयपत्र बन्ने क्रम बढ्दो देखिन्छ ।” स्वदेशमा पनि गरे सहज छ भन्ने सोचको विकास गर्नुपर्ने अवस्था रहेको उनको बुझाइ छ । युवालाई स्वदेशमै रहनेगरी शिक्षा, स्वास्थ्यसँगै शैक्षिक तथा सीपका आधारमा रोजगारीको व्यवस्थापन आवश्यक रहेको प्रजिअ अधिकारीले औँल्याए ।
उनले भने “स्वदेश आमनागरिकलाई आवश्यक सेवासुविधाको विकास भइरहेको छ । तर, अहिले युवामा बढी राजनीतिक, सामाजिक तथा पारिवारिक भविष्यको चिन्ताले विदेशिने गरेका पाइन्छन् । यस्ता कार्यलाई रोक्न वा न्यूनीकरणका निम्ति प्रोत्साहित तथा स्वदेशमै रहने वातावरण बनाउन तीनै तहको सरकारले ध्यान दिनुपर्ने अवस्था छ ।” रासस
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



