बाँकेमा जग्गा नाप नक्सा र पुर्जा वितरण

बाँके, साउन २२ गते । बाँकेमा भूमि समस्या समाधान आयोगले हालसम्म करिब एक हजार भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थितलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ ।

भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले कोहलपुर नगरपालिकाका विभिन्न वडामा चार चरणमा गरी जग्गा धनी प्रमाणपुर्जा वितरण गरिएको जानकारी दिनुभयो ।

अध्यक्ष खनालले भन्नुभयो,“अधिकांश स्थानीय तहमा जग्गा नाप नक्साको काम चलिरहेको छ, प्रक्रिया पुगेकाहरुलाई लालपुर्जा वितरण कार्य चलिरहेको छ । ”

अध्यक्ष खनालका अनुसार हाल कोहलपुर नगरपालिकाका सबै १५ वडामा नाप नक्साको काम सम्पन्न भएको छ । कोहलपुरकै भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।

यसैगरी  राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ४,  बैजनाथ गाउँपालिका ७, खजुरा ६ र जानकी ५ मा नाप नक्साको काम सम्पन्न भएको छ ।  यसैगरी राप्तीसोनारी ३,५ ,७ र ९, बैजनाथ ४ र ६, खजुरा ४ र ५  नेपालगञ्ज उपमहानगरपालिका २० मा नाप नक्सा जारी छ ।

राप्तीसोनारी १,  बैजनाथ १, जानकी ४, नेपालगञ्ज १८ र १९ मा नाप नक्साका लागि तयारी भइरहेको आयोगले जनाएको छ ।

नरैनापुर गाउँपालिकामा निवेदन दर्ता र निस्सा वितरण भइरहेको छ भने डुडुवा गाउँपालिका वडा नम्बर ६ को निवेदन दर्ता र निस्सा वितरण कार्य हुँदैछ । आयोगका अनुसार  थप दुई हजार ४१५ जग्गाधनी प्रमाणपुर्जा वितरणका लागि तयारी अवस्थामा छ ।

आयोगका अनुसार हालसम्म ५३ हजार ७०५ जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ । जसमध्ये आठ हजार ३०० निकुञ्ज क्षेत्रभिका छन् ।  आयोगले दोस्राे र तेस्राे सूचनाबाट करिब १५ हजार सङ्ख्या बढ्न सक्ने अनुमान गरेको छ ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
152 Shares