

टिङ्कर गाउँ जोड्ने काठेपुल बगे
दार्चुला । टिङ्कर खोलाको बाढीले छाङ्गरुदेखि टिङ्करसम्मका तीन स्थानका पुल बगाएको छ । पुल बगेपछि टिङ्कर गाउँसँगको सडक सम्पर्क विच्छेद भएको छ । टिङ्कर खोलापुल, नाम्पापुल र चम्लिङ खोलाको पुल बाढीले बगाएको व्यास गाउँपालिका–१ का वीरेन्द्रसिंह तिङ्करीले जानकारी दिए । टिङ्करमा रहेका नेपाल टेलिकमको टावरले पनि काम नगरेको उनले बताए । बाढीबाट गाउँमा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए । उनले भने, “टिङ्कर सीमा प्रहरीचौकीसँग सञ्चारसेटमार्फत सम्पर्क भएको छ । क्षति भएको स्थानको वस्तुस्थिति बुझ्न टिङ्करबाट प्रहरी परिचालन भएका छन् ।” छाङ्गरुदेखि टिङ्करसम्मको झण्डै ३०० देखि ४०० मिटर बाटो पनि बगेको छ ।रासस
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



