रवि लामिछानेले कारागारबाटै जनाए जेनजीको प्रदर्शनमा ऐक्यबद्धता , घुसपैठ हुनसक्छ, सचेत हुनुहोस्

नख्खु कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजीले गर्न लागेको प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन्।

सभापति लामिछानेले नख्खु कारागारबाटै जेनजीलाई सम्बोधन गरी विज्ञप्ती जारी गर्दै उनीहरूले सोमबारदेखि गर्न लागेको प्रदर्शनमा ऐक्यबद्धता जनाएका हुन्।

उनले जेनजीको विवेक र आवेगसँग देशको इतिहास बदल्ने शक्ति रहेको पनि बताएका छन्। सामाजिक सञ्जाल बन्द गरेको विषयमा पनि लामिछानेले सरकारको आलोचना गरेका छन्।

‘तपाईंहरुमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुनुपर्छ । शासकहरुले तपाईंहरुलाइ विधि र विवेकको शासन त दिएनन् नै, आफ्ना खुसी र दुःख, सफलता र असफलता बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसे । सत्ता र शक्तिको नशामा अनि घमण्ड र प्रतिशोधको आनन्दमा मग्न यिनीहरुलाई थाहा छैन, तपाईंहरुको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ,’ लामिछानेले जारी गरेको विज्ञप्तीमा भनिएको छ।उनले जेनजीले गर्न लागेको प्रदर्शनको पहिलो दिनलाई नयाँ इतिहासको सुरूवात भनेका छन्। यद्यपि उनीहरू सचेत हुनुपर्ने पनि लामिछानेको सुझाव छ।घुसपैठ हुनसक्छ सचेत हुनुहोस्, उत्तेजित बनाउन सक्छन् विवेक प्रयोग गर्नुहोस् । तपाईंको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईंकै हातबाट लेखिँदैछ । नख्खु जेलको कालकोठरीबाट म तपाईंहरुप्रति शुभेक्षा, सदभाव र ऐक्यबद्दता प्रकट गर्दछु,’ विज्ञप्तीमा भनिएको छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
430 Shares