

इटहरीमा जेनजीको प्रदर्शनका क्रममा १२ जना सुरक्षाकर्मी घाइते, १३ जना प्रदर्शनकारी नियन्त्रणमा
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा सोमबार जेनजी पुस्ताको प्रदर्शनका क्रममा प्रहरी र सर्वसाधारण घाइते भएका छन् ।
आन्दोलनका क्रममा भीड अनियन्त्रित भएपछि प्रहरीमाथि ढुङ्गामुढा प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । प्रहरीको तर्फबाट अश्रुग्याँस, हवाइफायर भएको उनले बताए । उनका अनुसार कुनकुन हतियारबाट के–कति फायर भएको भनी यकिन गर्न बाँकी छ ।
प्रदर्शनका क्रममा १२ जना सुरक्षाकर्मी घाइते भएका जनाउँदै १३ जना प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा रहेका प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए।घटनामा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारी, प्रहरी सहायक निरीक्षक महेन्द्रप्रसाद यादव, प्रहरी निरीक्षक मेघराज अर्याल, प्रहरी निरीक्षक कोमल ठाकुर, प्रहरी नायब निरीक्षक सोमनाथ ढुङ्गाना, प्रहरी सहायक हवल्दार पुरुषोत्तम थानदार, प्रहरी जवान नितेशकुमार मण्डल, रवीन दर्जी घाइते भएका प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरीतर्फ सञ्जय थोकर, कुसाङ सिंह सशाङ्क, सञ्जय थारु र सुशील थारु घाइते भएका छन् । प्रदर्शनका क्रममा दुई जनाका मृत्यु भएको प्रहरीले जनाएको छ ।रासस
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



