

‘जेन जी’ काे प्रदर्शन : प्रहरी दमनकाे सर्वोच्च बारद्वारा निन्दा
काठमाडौं – हालै राजधानीमा भएको “जेन जी” (Gen Z) युवा पुस्ताको भ्रष्टाचारविरुद्धको प्रदर्शनमा प्रहरीले गरेको बल प्रयोगबारे कडा आलोचना हुँदैछ।
सर्वोच्च अदालत बार एसोसिएशनले सोमबार एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण प्रदर्शनमा संलग्न युवामाथि गरिएको प्रहरी दमनको निन्दा गरेको छ। बारका पदाधिकारीहरुले प्रजातान्त्रिक व्यवस्थामा नागरिकलाई शान्तिपूर्ण रूपमा विचार राख्ने र विरोध जनाउने अधिकार संविधानद्वारा सुनिश्चित भएको भन्दै त्यस्तो अधिकारमाथि हस्तक्षेप अस्वीकार्य हुने बताएका छन्।
बारका अनुसार युवामाथि लाठीचार्ज, गिरफ्तार र अनावश्यक बल प्रयोग हुनु लोकतान्त्रिक मूल्य र मान्यताको ठाडो उल्लङ्घन हो। विज्ञप्तिमा भनिएको छ, “राज्य संयन्त्रले असहमतिको आवाजलाई दमन होइन संवादद्वारा सम्बोधन गर्नुपर्छ।”
यसअघि पनि मानवअधिकार आयोग, नागरिक समाज र विभिन्न विद्यार्थी संगठनहरुले प्रहरीको दमनकारी शैलीको आलोचना गर्दै तत्काल बन्दी बनाइएका युवाहरूलाई रिहा गर्न माग गरेका छन्।
अब बार एसोसिएशनले यस घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै दोषी प्रहरी अधिकारीमाथि कारबाही र प्रदर्शनकारीहरूको संवैधानिक अधिकारको सम्मान गर्न आग्रह गरेको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



