

जेनजीको नाममा प्रदेशका पूर्वमन्त्री र सांसदले कुटे कर्मचारी
बाँकेको डुडुवा गाउँपालिकाले जेन–जीको नाममा आन्दोलन रोकिएपछि पनि रिसिइबी साधेर प्रदेशका पूर्वमन्त्री र सांसद समेतले गाउँपालिकामा पुगेर कर्मचारीमाथि कुटपिट गरेको आरोप लगाएको छ।
पालिकाका जनप्रतिनिधिले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै जेन–जीको नाममा केही उच्छृंखल समूह पालिकाभित्र प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेयमाथि कुटपिट र दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको हो।
भदौ २५ गते राति करिब साढे ८ बजे ८/१० जनाको समूहले कार्यालयमा तोडफोड गरी कागजातमा आगजनी गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै २६ गते अर्को समूह कार्यालयमा प्रवेश गरी अधिकृत पाण्डेयमाथि कुटपिट तथा दुर्व्यवहार गरिएको भनिएको छ। पूर्वप्रदेश मन्त्री तथा प्रदेशसभा सदस्य भण्डारीलाल यादव र पूर्वप्रदेश मन्त्री विजयबहादुर यादवको नेतृत्वमा करिब ३०/३२ जनाको समूहले कार्यालयमा प्रवेश गरी कुटपिट गरेको आरोप गाउँपालिकाले लगाएको छ।
उक्त समूहले जबरजस्ती कार्यालयको भान्सा कोठामा प्रवेश गरी बोरीभित्रबाट मदिराका बोतल बाहिर ल्याएर सामाजिक सञ्जालमा फोटो र भिडिओ भाइरल बनाएको प्रतिसमेत पालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
‘पालिकालाई अनावश्यक रूपमा बदनाम गरेको घटना दुःखद छ। आन्दोलनको नाममा घुसपैठ गरी विपक्षी समूहले पालिकालाई बदनाम गर्ने गरी अतिरञ्जित कार्य गर्नु गलत हो,’ विज्ञप्तिमा भनिएको छ।गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरू पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोदकुमार तिवारी, सगिर खाँ, वडा सदस्य राधेश्याम मौर्य लगायत कार्यपालिका सदस्यले विज्ञप्तिमार्फत जबरजस्ती कार्यालयमा ताला खोलेर अनावश्यक रूपमा बदनाम गर्ने नियतका साथ गरिएको भ्रामक प्रचारबाजीको विरोध गरेका छन्।उक्त समूहले नै कार्यालयमा ताला लगाएको हुँदा पुगेको हानि–नोक्सानीबारे यकिन नभइसकेको जनाइएको छ। जनप्रतिनिधि र कर्मचारीले सुरक्षाको माग गर्दै यथाशीघ्र दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



