सीआईबीको प्रमुखमा एआईजी मनोज केसी

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई सरुवा गरिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई ब्यूरो प्रमुखको जिम्मेवारी दिएको हो । डा. केसी यसअघि प्रहरी प्रधान कार्यालय स्थित प्रदेश समन्वय विभागमा कार्यरत थिए ।

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान नेतृत्व गरेका केसीले पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएका थिए ।

शरणार्थी प्रकरणपछि त्यसपछि उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारीबाट हटाइएको थियो । तत्कालीन सत्ता गठबन्धनको चेपुवामा परेर केसीले चुनौतीपूर्ण पोष्टिङ पाएका थिएनन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख चन्द्रकुवेर खापुङ आईजीपी बनेपछि त्यहाँ प्रमुखको पद रिक्त थियो ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
342 Shares