एकाबिहानै भोटेकोशीमा भ्यान खस्यो, चालक बेपत्ता

सिन्धुपाल्चोकमा भोटेकोशी नदीमा भ्यान खसेको छ।

शुक्रबार बिहान ५:२० बजे सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-५ बलेफीस्थित अरनिको राजमार्गबाट बा १२ च ६५९४ नम्बरको डेलिभरी भ्यान भोटेकोशीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार भ्यान र चालक नै बेपत्ता भएका छन्।

चालक काभ्रेको पनौती नगरपालिका-१० पस्थली बस्ने २२ वर्षीय नवराज खुलाल रहेको खुलेको प्रहरीले जनाएको छ।भ्यान सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीले दूध संकलनमा प्रयोग गर्दै आएको थियो।

शुक्रबार बिहान सुकुटेबाट खाडिचौर जाने क्रममा सडकबाट ५० मिटर तल खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

भ्यानमा चालकमात्रै सवारी रहेको बुझिएको पनि प्रहरीले जनाएको छ।

भ्यान र चालकको खोजी गर्न प्रहरी बरिष्ठ नायब निरीक्षक सुरेशप्रसाद गुप्ताको कमाण्डमा चार जना प्रहरी खटिएका छन्।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
496 Shares