

उखुमा रेड रड रोगको समस्या, किसान चिन्तित
कञ्चनपुरको बेलौरी नगरपालिका ८ का किसानले रोपेका उखु खेतीमा रेड रड(रातो सडन) रोग समस्या देखा परेको छ । किसानले ६० विघा बढी जग्गामा रोपेको उखुमा सो रोग देखापरेको हो ।पानी जम्ने खेतमा रोपिएको उखुमा रोग देखा परेको नगरपालिकाको कृषि शाखाका प्रमुख सुमनराज भट्टले जानकारी दिए । “किसानले रोपेको १५ विगाह बढीको उखु पुरै सखाप भएको छ” उनले भने, “अरु किसानको १० प्रतिशत देखि ८० प्रतिशत सम्म उखु बालीमा रोगले नोक्सानी गरेको छ ।” सिओ २३८ र सिओ २०८ जातको उखुमा रोग बढी देखा परेको छ । “यस रोगका कारण उखुका पात सुक्ने र उखुलाई चिरेर भित्र हेर्दा पुरै रातो देखिने गरेको छ, उखु सडेर नराम्रो गन्ध समेत आउछ, यो एक प्रकारको उखुमा लाग्ने क्यान्सर नै हो” शाखा प्रमुख भट्टले भने, “यसको रोकथामका लागि किसानलाई ढुसिनासक विषादी उपलब्ध गराउने कार्य भैरहेको छ ।” चिनी मिलले समेत किसानलाई सल्लाह संगै विषादी उपलव्ध गराएको छ ।
उखु खेती गरेका किसान कर्मु रानाले उखु बालीमा रेड रड नामक रोगले नोक्सानी गर्न थालेको बताए। “उखु खेती गरिएको पाँच विघा जग्गाको धेरै ठाउमा रोग देखा परेको छ” उनले भने, “रोगबाट उखु जोगाउनका लागि ढुसिनासक बिषादी छर्कने कार्यमा जुटेको छु । रोपेको १० प्रतिशतमा रोग देखिएको छ ।” अर्का किसान भम्टा रानाले तीन विघा जग्गामा उखु खेती गरिएको मध्ये एक विघा जग्गाको उखु रोगका कारण पुरै सुकेर नोक्सानी भएको बताए ।
“ऋण लिएर उखु खेती गरेको थिए” उनले भने, “उखु रोगका कारण सुकेपछि रु तीन लाख बढीको नोक्सानी व्यहोर्नु परेको छ ।” “शुरुआतमै रोग लाग्न लागेको बेला ढुसिनासक विषादी छर्किए यसले नियन्त्रण गर्छ” उखु किसान असारे वडाकले भने, “रोग लागि सकेपछि नियन्त्रण गर्न गाह्रो हुन्छ ।” व्यापक रुपमा रोग फैलिएकाले उखु काटिदा सम्म निकै नोक्सान पुर्याउने उनले बताए ।
अहिले सम्म १५० किसानले रोपेको उखु बालीमा नोक्सानी भएको छ । यसबाट उनीहरुले रु ५० लाख बढीको नोक्सानी व्यहोरेका छन । नगरपालिकाको कृषि विकास शाखाका कृषि प्राविधिक हरिश सेठीका अनुसार यस रोगको लक्षण साउनबाट उखुमा लाग्न सुरु हुन्छ । यसको बेलैमा उपचार गरिएन भने पछि यसले उखुमा धेरै नोक्सान पुर्याउँछ । रासस
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



